Logo

साओमीले भन्यो– हाम्रा फोनमा गम्भीर समस्या छैन्, गुनासा समाधान गर्दैछौं

साओमीले भन्यो– हाम्रा फोनमा गम्भीर समस्या छैन्, गुनासा समाधान गर्दैछौं



काठमाडौं । पछिल्लो समय विश्वभर साओमी रेडमी नोट १० का सिरिजमा आएका समस्याहरुलाई कम्पनीले समाधान गरिरहेको बताएको छ । कम्पनीले हालसम्म विक्री भएका उक्त फोनहरुमध्ये ०.००१ प्रतिशत प्रयोगकर्ताहरुले यसको बारेमा गुनासो गरेको बताउँदै उक्त गुनासोको सम्बोधन गरिरहेको बताएको छ ।

laxmi

कम्पनीले हालसम्म उक्त फोनबारे त्यती धेरै रिपोर्ट प्राप्त पनि नभएको जानकारी दिएको छ । ‘हामीले उक्त मोडलको मात्रै नभई हाम्रा सबै मोडलमा उत्कृष्ट गुणस्तर दिने प्रयत्न गर्ने गरेका छौं,’ कम्पनीले भनेको छ, ‘तर नोट १० सिरिजमा भने केही गुनासा आएकाले उक्त गुनासाहरुको सम्बोधन चाँडोभन्दा चाँडो गर्नेछौं ।’

केही समयअघि केही विदेशी साओमीका रेडमी नोट १०, नोट १० प्रो र नोट १० प्रो म्याक्सको फिंगरप्रिन्ट, टचस्क्रिनलगायतमा समस्या आएको भन्दै अन्तरराष्ट्रिय समाचारहरुमा उल्लेख गरिएको थियो । तर कम्पनीले आफ्ना स्मार्टफोनहरुमा उक्त लेखहरुमा बताईएको जस्तो समस्या नभएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL