Logo

सिंगटी हाईड्रोपावरको आईपीओ बाँडफाँड, साढे १३ लाख आवेदक हातखाली

सिंगटी हाईड्रोपावरको आईपीओ बाँडफाँड, साढे १३ लाख आवेदक हातखाली



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण सेयरमा आवेदन दिएका १३ लाख ५३ हजार आवेदक हातखाली भएका छन् । कमपनीको विक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार १५ लाख ६५ हजार बढी आवेदन परेको उक्त आईपीओमा १३ लाख ५३ हजार हजार कुल आवेदकको ८४ प्रतित आवेदकको हातखाली भएको हो । कम्पनीको आईपीओमा १६ प्रतिशत अर्थात २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले गालाप्रथाबाट सेयर हात पारेका छन् ।

कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
आईपीओमा ५ हजार ७ सय २८ आवेदन रद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL