Logo

ज्योति लाइफको आईपीओ बाँडफाँड : साढे १२ लाख आवेदक हात खाली, यसरी हेर्न सकिन्छ नतिजा

ज्योति लाइफको आईपीओ बाँडफाँड : साढे १२ लाख आवेदक हात खाली, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । ज्योति लाइफ ईन्स्योरेन्सको को आईपीओ शुक्रबार बाँडफाँड भएको छ । विक्री प्रबन्धक एनएमबी कयापिटलले कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा आईपीओ बाँडफाँड गरेको हो ।

laxmi

एनएमबी क्यापिटलका अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर वितरण गरिएको छ । यस्तै आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४ सय ९६ जनामध्ये १२ लाख ४८ हजार ४ सय ९६ जना (दोहोरो आवेदक सहित) हात खाली भएका छन् । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७ दशमलव ७६ प्रतिशत हो । कुल आवेकदको ३२ दशमलव २४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र कम्पनीको आईपीओ पाएका हुन् ।

यी हुन रिजल्ट हेर्ने तरिकाहरु :

सिडीएससीको वेबसाईटमार्फत हेर्न यहाँ क्लिक गर्नुहोस ।

ज्योति लाइफको वेबसाईटमार्फत हेर्न यहाँ क्लिक गर्नुहोस ।

एनएमबी क्यापिटलबाट हेर्न यहँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
MBL