Logo

माया खोला हाईड्रोपावरको सेयर निष्काशनकर्तामा प्रभु क्यापिटल नियुक्त, सम्झौतापत्रमा हस्ताक्षर

माया खोला हाईड्रोपावरको सेयर निष्काशनकर्तामा प्रभु क्यापिटल नियुक्त, सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । माया खोला हाईड्रोपावरको साधारण सेयर निष्काशनकर्तामा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीले एक सम्झौतासहित सर्वसाधारणका लागि जारी गर्न लागेको २४ लाख कित्ता साधारण सेयर निष्काशनकर्तामा बिहीबार प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

laxmi

सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४ दशमलव ९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL