Logo

आगामी शुक्रबार ज्योति लाइफको आईपीओ बाँडफाँड हुने, कति आवेदकले पाउँदैछन् सेयर ?

आगामी शुक्रबार ज्योति लाइफको आईपीओ बाँडफाँड हुने, कति आवेदकले पाउँदैछन् सेयर ?



काठमाडौं । ज्योति लाइफले सार्वजनिक गरेको प्राथमिक सेयर (आईपीओ)को शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक एनएमबि क्यापिटलले केही ढिलो हुनेगरी बाँडफाँड गर्न लागेको बताएको हो ।

laxmi

सामान्यतः आइपिओको बिक्री बन्द भएको एक सातामा बाँडफाँड हुँदै आएकोमा यसमा २ साताभन्दा बढी समय लाग्ने भएको छ।

कम्पनीको आईपीओमा १८ लाखले आवेदन दिएका छन्। कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। यसर्थ ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। करिब १२ लाखको हात रित्तो हुने भएको छ।

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।

प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL