Logo

विश्वभर आवास गृहको संकट हुने सम्भावना, कर्पाेरेट क्षेत्रलाई आवासिय क्षेत्रमा रुपान्तरण गरेर यसरी सल्टाउन सकिन्छ समस्या

विश्वभर आवास गृहको संकट हुने सम्भावना, कर्पाेरेट क्षेत्रलाई आवासिय क्षेत्रमा रुपान्तरण गरेर यसरी सल्टाउन सकिन्छ समस्या



काठमाडौं । विश्वभर कोरोना भाईरसको कहरका कारण अब आवासगृहको कमी हुने विज्ञहरुले दावी गरेका छन् । अमेरिकी विज्ञहरुले मंगलबार एक कार्यक्रममा अब सबै देशका सरकारहरुले आफ्ना नागरिकहरुका लागि आवासगृहको व्यवस्था गर्नका लागि दवाब बढेको बताएका हुन् ।

laxmi

गत महिनामात्रै दक्षिण कोरियाले विभिन्न खाली होटल र अफिसहरु किनेर तिनिहरुलाई १ लाख १४ हजारओटा सार्वजनिक आवासगृहमा परिणत गर्ने प्रतिवद्धता जनाईसकेको छ । यस्तै सिंगापुरले समेत आफ्ना सेन्ट्रल विजनेस डिस्ट्रक (सीबीडी)का कार पार्कहरुलाई आवासगृह, पसल, रेष्टुरेन्ट तथा आन्तरिक फार्ममा परिणत गर्ने बताएको छ ।

रियल स्टेट कन्सल्टेन्सी नाईट फ्र्यांक एशिया प्यासिफिकका अनुसन्धान निर्देशक जस्टिन एंगका अनुसार हाल आवासगृहलगायतको कमीका कारण यस्ता कैयौं राष्ट्रहरुले विभिन्न खाली स्थानहरुलाई भवनका रुपमा परिणत गरिरहेका छन् । उनका अनुसार उक्त ट्रेन्ड कोरोनाको महामारी कालमा चलिरहेको थियो तर हाल यस्तो प्रवृद्धिमा झन वृद्धि भएको पाईएको छ ।

हाल कोरोना भाईरसका कारण हिंडडुलमा लगाईएको प्रतिवन्धका कारण विकासकर्ताहरु आफ्ना अफिसमा कम मात्रामा कर्मचारीहरु राखेर यस्तो कामका लागि प्रतिश्पर्धा गरिरहेका छन् ।

सिंगापुरमा गत अक्टोबरमा गरिएको एक अनुसन्धानअनुसार कार्यालयमा काम गर्ने १० जनामध्ये ८ जना कर्मचारीहरुले आफु घरमै बसेर काम गर्न सकिने बताएका छन् । जसअनुसार केही समयमा कार पार्किङ र अफिसहरु खाली हुने अवस्थाको सिर्जना हुनेछ । अर्थात अफिसमा मानिसहरु कम आएपछि अफिसहरु साँघुर्याउनु पर्ने देखिन्छ । तर कार्यालयहरुलाई साघुर्याई होटल अर्थात आवास गृहमा परिणत गर्नु उचित हुने विज्ञहरु बताउँछन् ।

तर कर्पाेरेट भवनहरुलाई आवास गृह वा होटलको रुपमा परिणत गर्न सकिए राष्ट्रले विभिन्न आम्दानीसमेत गर्न सक्ने विज्ञहरु बताउाछन् । अबका दिनमा मानिसहरु अफिस नआई घरमै बसेर काम गर्ने ट्रेन्ड चलेको खण्डमा प्राय कर्पाेरेट क्षेत्रहरु आवास क्षेत्रको रुपमा परिणत गरिनुपर्ने बताईन्छ ।

कमर्शियल क्षेत्रहरुलाई आवासिय क्षेत्रको रुपमा परिणत गर्ने ट्रेन्ड हालैको नभई पुरानै भएको विज्ञहरु दावी गर्छन । सन १९९० को दशकमा अमेरिकाको न्युयोर्क सिटीले यस्तो कार्यका लागि करमा केही हदसम्म कटौतिसमेत गरेको थियो । विफोरमबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL