Logo

चिनियाँ रेष्टुरेन्टले गर्यो खाना अर्डर गर्नुभन्दा पहिले ग्राहकको तौल लिने व्यवस्था, आलोचनापछि माग्यो माफी

चिनियाँ रेष्टुरेन्टले गर्यो खाना अर्डर गर्नुभन्दा पहिले ग्राहकको तौल लिने व्यवस्था, आलोचनापछि माग्यो माफी



काठमाडौं । चीनको एक रेष्टुरेन्टले प्रवेश गर्नुभन्दा पहिले ग्राहकलाई आफैलाई तौल गर्न आग्रह गरेकोमा माफी मागेको छ । खाना बर्बाद गर्नेबिरूद्ध राष्ट्रिय अभियानको भागको रूपमा चांग्सा शहरको चुईआन फ्राइड बीफ रेष्टुरेन्टमा ग्राहकहरूलाई बाथरूमको तराजुमा उभिन र खान खोज्नु अघि उनीहरूको व्यक्तिगत जानकारी एउटा एपमार्फत भर्न अनुरोध गरिएको थियो ।

laxmi

राज्य सञ्चालित मिडिया चाइना समाचार सेवाका अनुसार सो एपले त्यसपछि खानाको क्यालोरिक सामग्रीसँग तिनीहरूको तौल म्याच गरेर खाना छनौट गर्न सिफारिस गर्दछ । सो एपले ४० किलोग्राम मुनिका तौलका महिलाहरूले अधिकतम दुई भाँडा र ७० र ८० किलोग्राम बीचका पुरुषहरूले तेस्रो खाना अर्डर गर्न सिफारिश गर्यो ।

रेष्टेरेन्टले राष्ट्रपति शी जिनपिंगले राष्ट्रिय स्तरको खाद्यान्नको बर्बादीलाई ‘स्तब्ध पार्ने र कष्टकर’ पार्ने घोषणा गरेपछि गत हप्ता सुरु भएको ‘सफा प्लेट अभियान’ को वकालत गरेको थियो । अनलाइन पोष्ट गरिएको एक माफीनाम रेस्टुरेन्टले भनेको छ– ‘हाम्रो मूल अभिप्राय फोहोर रोक्न र खानालाई स्वस्थ तरीकाले वकालत गर्नु हो । हामीले कहिले पनि ग्राहकहरुलाई तौल गर्न बाध्य तुल्याएनौं ।’

चीनमा रेस्टुरेन्टहरूले सक्रिय रूपमा मानिसहरूलाई खाजा खेर नफाल्न प्रोत्साहित गरिरहेका छन् । उक्त रेष्टुरेन्टले राष्ट्रपति सीको अभियानलाई समर्थन गर्न उनीहरूलाई “थ्रिफ्टि र मेहनती हुन, खाली प्लेट अभियानलाई प्रर्वद्धन गर्नुहोस’ र ‘अपरेसन खाली प्लेट’ भन्ने सन्देश पनि रेष्टरेन्टमा राखेको थियो ।

तर, खाना अर्डर गर्नुअघि तौल लिने व्वस्थाले चिनियाँ सोशल मिडियामा उग्र आलोचना बेहोरिरहेको छ । रेस्टुरेन्टको बारेमा चिनियाँ लोकप्रिय सोसियल साइट वेबोमा राखिएको ह्याशट्याग ३ सय मिलियनभन्दा बढी पटक हेरिएको छ । चुआन फ्राइड बीफ चेनका अध्यक्ष टान यानले बेइजिङ समाचारलाई रेष्टुरेन्टमा राखिएका तराजुमा हजारौंले स्वेच्छाले आफूलाई तौल गरेको बताउँदै तौल गर्न कसैलाई बाध्य नपारेको उल्लेख गरेकी छन् ।

‘धेरै महिला ग्राहकहरू आफैं तौल लिन मनपराउँदछन्, र शरीरको तौल उनीहरूको फोनमा पठाइएको थियो, तराजुमा देखाइएको छैन, त्यसैले यसले उनीहरूको गोपनीयता भंग पनि गरेको छैन’, उनले भनेकी छन् । ‘क्लिन प्लेट अभियान’ को घोषणा पछि, चीनका अधिकारीहरूले रेस्टुरेन्ट र डाइनिङ पार्टीका सदस्यहरूलाई प्लेटमा कम खाना पस्किने ‘एन–१’ भनेर चिनिने नीतिको पालना गर्न भनिरहेका छन् ।

चिनियाँ सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारित भिडियोहरूमा मानिसहरूले ठूलो मात्रामा खानेकुरा खाइरहेको भन्दै कडा आलोचना गरेको थियो । कोरियाली नाम ‘मुकाबाङ’ द्वारा चिनिने खानाको भिडियोहरूमा उनीहरुलाई ‘फूड ओरिज’ को रूपमा व्याख्या गरिएको छ । टेलिग्राफबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL