Logo

कोरोनाबारे नयाँ अनुसन्धानको निष्कर्ष–लक्षण नदेखिएका संक्रमितलाई बढी खतराजनक, बच्नु जरुरी

कोरोनाबारे नयाँ अनुसन्धानको निष्कर्ष–लक्षण नदेखिएका संक्रमितलाई बढी खतराजनक, बच्नु जरुरी



काठमाडौं । हालै गरिएको एक अध्ययनअनुसार प्रत्येक १० जना कोरोना संक्रमितमा ६ जना आफुसँग भएको रोगको बारेमा वास्ता नगर्ने गरेको पाईएको छ । यसैका लागि विभिन्न देशका विद्यालय, कलेज, सार्वजनिक स्थलहरु बन्द गरिएका छन् ।

laxmi

जसका कारण एक व्यक्तिमा भएको संक्रमण अर्को व्यक्तिमा सर्न नसकोस । अनुसन्धानकर्ताहरुका अनुसार विश्वभरी कोरोनाको सामान्य, तथा केही कम लक्षण देखिएका धेरै संक्रमितहरु छन् । जसका कारण धेरैभन्दा धेरै छिटो विश्वभर यसको संक्रमण फैलँदो छ ।

यस्ता कम लक्षण देखिएका तथा लक्षणै नदेखिईकनै कोरोनाका संक्रमण भएका संक्रमितहरुबाट पनि खतरा उत्पन्न हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् । एक नयाँ अध्ययनका अनुसार चीनको वुहानमा पनि ३७ हजार ४ सय जनामा उक्त संक्रमण देखिएको छ तर कसैलाई थाहा छैन । उनीहरु सबैलाई कोरोनाको सामान्य लक्षण देखिएको तथा कसैलाई त लक्षण पनि देखिएको छैन ।

हालसम्म ५९ प्रतिशत संक्रमितहरुले लक्षण नदेखिएका संक्रमितका कारण संक्रमित बनेका वैज्ञानिकहरुले दावी गरेका छन् । जुन हुवेईमा छिटो भाईरसका संक्रमित बढ्नुको प्रमुख कारण मानिएको छ ।

त्यसैले वैज्ञानिकहरुले हामीले संक्रमित सँगै संक्रमण नभएको व्यक्तिहरुसँग पनि उत्तिकै रुपमा बच्नुपर्ने बताएका छन् । हामीहरु यस्ता कोरोना संक्रमितहरुसँग विशेषगरी बच्नु जरुरी छ । देखिने संक्रमितभन्दा नदेखिने संक्रमित बढी खतराजना रहेको अनुसन्धानमा देखिएको छ ।

हालसम्म चीनमा मात्रै कोरोनाको लक्षण नदेखिएका ४३ हजार जनामा कोरोनाको संक्रमण रहेको पाईएको छ । यस्तै आईल्याण्डमा पनि हालसम्म कोरोना जाँच गरिएका आधा मानिसहरुमा बीन लक्षण कोरोना संक्रमण रहेको पाईएको छ ।

स्तै गत फेब्रुअरीमा एक पानी जहाजमा रहेका ३ हजार ७ सय ११ जना यात्रुहरुमा कोरोनाका परिक्षण गर्दा ७ सय जनामा कोरोनाको संक्रमण रहेका पाईयो तर यसमध्ये १८ प्रतिशत यात्रुमा भने कुनैपनि लक्षण देखा परेका थिएनन् ।

यस्तै वुहानबाट जापान आएका ५ सय ६५ जनामा कोरोनाको परिक्षण गर्दा १३ जनामा कोरोनाको संक्रमण देखिएको थियो जसमध्ये ४ जनाले कोरोनाको कुनै लक्षण नदेखिएको घोषणा गरेका थिए । साथै अनुसन्धानकर्ताहरुले हाम्रै वरीपरि पनि लक्षण नदेखिएका कोरोना संक्रमित हुनसक्ने भएकाले प्रत्येक चोटी सावधानी अपनाउन आग्रह गरेका छन् ।

लक्षण् नदेखिने संक्रमितका कारण समाजमा चाँडो कोरोनाको संक्रमण फैलने वैज्ञानिकहरुले बताएका छन् । जसको संक्रमण आफैलाई पनि थाहा हुँदैन । त्यसैले विभिन्न देशका सरकारले पनि आफ्ना सबै नागरिकहरुको स्वाव परिक्षण गर्नुपर्ने अनुसन्धानकर्ताहरुले औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL