Logo

अनन्त अम्बानी र राधिका मर्चेन्ट : को धेरै धनी ?

अनन्त अम्बानी र राधिका मर्चेन्ट : को धेरै धनी ?



काठमाडौं । भारतको मुम्बईमा रहेको अम्बानी परिवारको घर एन्टिलियामा शुक्रबारमात्रै मुकेश अम्बानी पुत्र अनन्त अम्बानी र राधिका मर्चेन्टबीच रोका (इंगेजमेन्ट अगाडीको समारोह) सम्पन्न भएको छ । जसमा शाहरुख खान, रणवीर सिंह, आलिया भट्ट, रणवीर कपूर र जान्हवी कपूरजस्ता बलिउड स्टारहरू उपस्थित थिए ।

laxmi

मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा मनाइने रोकाको पूर्व कार्य भने मुम्बईको एन्टीलियामा गरिएको हो । तर, शुक्रबारदेखि आईतबार सम्म हुने समारोहका लागि भने इभान्का ट्रम्प, बिल गेट्स, मार्क जुकरबर्ग, र हिलारी क्लिन्टनजस्ता पाहुनाहरू गुजरातमा उपस्थित भईसकेका छन् । उक्त समारोहमा प्रस्तुती दिनका लागि पपस्टार रिहाना र डेभिड ब्लेन उपस्थित भईसकेका छन् ।

अनन्त अम्बानी भारतका एक परिचित व्यावसायिक व्यक्तित्व हुन् । उनी अर्बपति मुकेश अम्बानी र नीता अम्बानीका कान्छो छोरा हुन् । उनीभन्दा अघिका दाजु र दिदी भने जुम्ल्याहा हुन्, आकाश र ईशा अम्बानी ।

आकाशले प्रसिद्ध हीरा व्यवसायी रसेल मेहताकी छोरी श्लोका मेहतासँग विवाह गरेका छन् । ईशाले पिरामल ग्रूप अफ कम्पनीका कार्यकारी निर्देशक र कम्पनीका अध्यक्ष अर्बपति अजय पिरामलका छोरा आनन्द पिरामलसँग विवाह गरिन् ।
मुकेश अम्बानीका कान्छा छोरा अनन्तले भने भारतका व्यवसायीक टाइकुन वीरेन मर्चेन्ट र शैला मर्चेन्टकी छोरी राधिका मर्चेन्टसँग बिबाह गर्न लागेका हुन् ।

उनको शिक्षा र व्यावसायिक उपलब्धी बाहेक राधिका विशेष गरी शास्त्रीय नर्तकको रूपमा चिनिन्छन् । द टाइम्स अफ इन्डियाका अनुसार, उनले आठ वर्षभन्दा बढी भरतनाट्यमबारे गुरु भावना ठाकरको निर्देशनमा मुम्बईको श्री निभा आर्ट्समा तालिम लिइन् ।

जुन २०२२ मा, मुकेश र नीता अम्बानीले मुम्बईको जियो वर्ल्ड सेन्टरमा राधिका मर्चेन्टको अरंगेत्रम समारोह आयोजना गरे । अरंगेत्रम एक तमिल शब्द हो जसले शास्त्रीय नृत्यकार विद्यार्थीलाई उच्चता हाँसिल गराउनु बुझाउँछ । अर्को शब्दमा भन्दा समारोहले नर्तकको प्रशिक्षणको औपचारिक सर्टिफिकेशन बुझाउँछ ।

राधिका मर्चेन्टको अरंगेत्रम समारोहमा सहभागी हुने प्रमुख नामहरूमध्ये सलमान खान, आमिर खान, रणवीर सिंह र राजकुमार हिरानी जस्ता बलिउड सेलिब्रेटीहरू थिए ।

राधिका मर्चेन्टको शैक्षिक योग्यता

भारतीय सञ्चारमाध्यमका अनुसार राधिका मर्चेन्टले मुम्बईको क्याथेड्रल एण्ड जोन कोनन स्कूलमा आफ्नो विद्यालय शिक्षा आर्जन गरेकी थिईन् ।

१८६० मा स्थापित उक्त विद्यालय जेआरडी टाटा, रतन टाटा, आनन्द महिन्द्रा, सलमान रुस्दी, अनिता र किरण देसाई, र होमी जहाँगीर भाभालगायत भारतका केही उत्कृष्ट प्रतिभाहरू उत्पादन गरेको थलो मानिन्छ ।

त्यसपछि उनले मुम्बईको इकोले मोन्डिएल वर्ल्ड स्कूलमा पढेकी थिइन् । उक्त विद्यालयमा खासगरी अन्तरराष्ट्रिय स्नातकको लागि प्रशिद्ध छ । यहाँ स्नातक तह पढ्दासम्म विद्यार्थीले हजरौं लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । राधिका मर्चेन्ट पछि राजनीति र अर्थशास्त्रमा स्नातक डिग्री हासिल गर्न न्यूयोर्क विश्वविद्यालयमा भर्ना भइन् ।

राधिका मर्चेन्टको करियर

राधिका मर्चेन्टले आफ्नो व्यावसायिक करियर कहाँबाट सुरु गरिन् भन्ने कुरा भारतीय सञ्चारमाध्यममा स्पष्ट छैन । तर, उनले कन्सल्टिङ फर्म देसाई एन्ड दिवानजी र इन्डिया फर्स्ट अर्गनाइजेसनसँग काम गरिसकेकी छन् ।

उनले लक्जरी होलिडे होम डेभलपर इसप्रवा ग्रूपसँग पनि काम गरिन्, जुन नादिर गोदरेज, आनन्द पिरामल र डाबर इन्डियाको बर्मन परिवारद्वारा संचालित प्रख्यात रियल इस्टेट कम्पनी हो । उनी हाल एनकोर हेल्थकेयरको बोर्ड अफ डाइरेक्टरको सदस्य छिन।

राधिका मर्चेन्टको कुल सम्पत्ति

राधिका मर्चेन्टको कुल सम्पत्तिबारे पनि धेरै सार्वजनिक भईसकेको छैन । केही भारतीय सञ्चारमाध्यमका अनुसार उनको हालको व्यक्तिगत कुल सम्पत्ति ८ करोडदेखि १० करोड भारतीय रुपैयाँसम्म रहेको छ ।

तर, उनका बुबा टाइकुन हुन ्। वीरेन मर्चेन्ट निजी स्वामित्वमा रहेको औषधि उत्पादन गर्ने कम्पनी एन्कोर हेल्थकेयरका सीईओ हुन् । शैला मर्चेन्ट कम्पनीको प्रबन्ध निर्देशकको रूपमा कार्यरत छिन् ।

एंकोर हेल्थकेयरको कुल पूँजी करिव २ हजार करोड रहेको छ । अनुमानको आधारमा, राधिकाका बुवा वीरेन मर्चेन्टको कुल सम्पत्ति ७ सय ७५ करोड भारु बराबरको छ । राधिका मर्चेन्टकी एउटी दिदी अञ्जली छिन्, जो एन्कोरमा निर्देशकको भूमिकामा छन् । राधिका मर्चेन्ट र अञ्जली दुवै आफ्नो बुबाको व्यापार र नेटवर्थको अपेक्षित उत्तराधिकारी हुन् ।

के छ राधिका मर्चेन्टको स्वामित्वमा ?

राधिका मर्चेन्टको अनन्त अम्बानीसँगको सम्बन्धअघि नै धेरै सम्पत्ति थियो । जसका कारण उनले विलासी जीवनको आनन्द उठाइन् । उनीसँग डिजाइनर कपडाहरू, लक्जरी ह्यान्डब्यागहरू र महँगो जुत्ताहरू छन् ।

फाइनान्सियल एक्सप्रेसका अनुसार उनी सन २०१९ मा रणवीर सिंह र दीपिका पादुकोणको विवाहमा जुडिथ लिबर क्लच बोकेर देखिएकी थिईन् । शैली र डिजाइनका आधारमा जुडिथ लिबर क्लचको मूल्य लगभग ४ हजार ५ सय अमेरिकी डलर हुन सक्छ ।

रिपोर्टमा यो पनि भनिएको छ कि उनले फेब्रुअरी २०२० मा अरमान जैन र अनिसा मल्होत्राको विवाह समारोहमा राहुल मिश्रा लेहेंगा लगाएकी थिइन् । साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) लाई उद्धृत गर्दै भारतीय मिडिया रिपोर्टले उक्त लेहेंगाको मूल्य करिब ४ हजार १ सय ९४ अमेरिकी डलर रहेको बताएको छ ।

अनन्त अम्बानीको शैक्षिक योग्यता

मुकेश र नीता अम्बानीका कान्छो छोराको रूपमा रहेका अनन्त अम्बानी भारतीय व्यापार परिदृश्यमा सबैभन्दा प्रख्यात नयाँ पुस्ताका वंशजहरू मध्ये एक हुन् । उनी नेटवर्थको आधारमा सबैभन्दा धनी युवा व्यवसायी पनि हुन् ।

आफ्ना ठूला दाजु र दिदी इशा र आकाश जस्तै अनन्त अम्बानीले पनि अमेरिकाको ब्राउन युनिभर्सिटीबाट उच्च शिक्षा पूरा गरे । ईशाले येल विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातक गरिन् र स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए गरेकी थिईन् । आकाशले ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्रमा मेजर गरेका थिए ।

मार्च २०२० देखि, अनन्तले रिलायन्स कम्पनीमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनी हाल जियो प्लाटफर्म लिमिटेड रिलायन्स भेन्छर लिमिटेडका निर्देशक छन् । अझ महत्वपूर्ण कुरा, उनीँ रिलायन्स इंडस्ट्रीजको ऊर्जा व्यवसायको प्रमुख हुन् । नवीकरणीय र हरित ऊर्जामा यो परियोजनाले विश्वव्यापी सञ्चालनको निरीक्षण गर्ने गर्दछ ।

उनको नेतृत्वमा रिलायन्सले २०३५ सम्ममा नेट कार्बन जीरो कम्पनी बन्ने लक्ष्य राखेको छ । यसको दीर्घकालीन लक्ष्यको एक हिस्साको रूपमा, रिलायन्स इन्डस्ट्रीजले जामनगरमा धीरुभाई अम्बानी ग्रीन एनर्जी गिगा कम्प्लेक्स सञ्चालनको लागि आधार तयार गरिरहेको छ ।

अनन्त अम्बानीको कुल सम्पत्ति

अम्बानी परिवारको सम्पत्तिमा अनन्त अम्बानीको हिस्सा कति छ भन्ने हालसम्म स्पष्ट छैन । मुकेश अम्बानीका तीन सन्तानमध्ये एक भएकै कारण उनी पक्कै पनि बहु–अर्बपति हुन् । उनले रिलायन्स इंडस्ट्रीजले दीर्घकालीन रूपमा प्रभुत्व जमाउन चाहेको प्रमुख क्षेत्रमा प्रमुखको भूमिकामा रहँदै आएका छन् ।

अक्टोबर २०२३ मा, अनन्त, आकाश र ईशा अम्बानी रिलायन्स इंडस्ट्रीजको बोर्डमा गैर–कार्यकारी निर्देशकको रूपमा सामेल भए । तीनै जनालाई सिटिंग शुल्क र फर्मले कमाएको नाफामा कमिसन मात्र दिइने रिपोर्टमा उल्लेख छ । तीनको लागि बोर्ड प्याकेज उनीहरूको आमा, नीता अम्बानीले प्राप्त गरे जस्तै छ । अनुवादीत

प्रतिक्रिया दिनुहोस्
MBL