Logo

फेसबुकका संस्थापक मार्क जुकरवर्ग बने १०० अर्ब भन्दा बढी सम्पती हुने विश्वको तेस्रो मानिस

फेसबुकका संस्थापक मार्क जुकरवर्ग बने १०० अर्ब भन्दा बढी सम्पती हुने विश्वको तेस्रो मानिस



काठमाडौं। फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति १०० अर्ब अमेरिकी डलर नाघेको छ। बुधबार टिकटक जस्तै रील नामक फिचर इन्सटाग्राममा थपेपछि कम्पनीको सेयर निकै बढेको हो।

laxmi

इन्सटाग्रामले टिकटकमा जस्तै १५ सेकेण्डको म्युजिक भिडियो बनाएर हाल्न सकिने फिचर थप गरेको थियो। अहिले विश्वभरका ५० देशमा यो फिचर सार्वजनिक भइसकेको छ।

भारत, अमेरिकालगायतका देशले टिकटकमाथि प्रतिबन्ध लगाउन थालेपछि इन्सटाग्रामको टिकटक प्रतिद्धन्द्धी फिचरले चर्चा पाउने देखिएको छ। यसै कारण इन्सटाग्राममा लगानीकर्ताहरु बढेपछि मार्क जुकरबर्ग ‘सेन्टीबिलिनियर क्लब’ मा प्रवेश गरेका हुन्।

यसअघि अमेजनका मालिक जेफ बेजोसले करिब १ सय ८७ अर्ब अमेरिकी डलरभन्दा बढी र माइक्रोसफ्टका मालिक बिल गेट्सले १ सय २१ अर्ब डलरभन्दा बढी सम्पती सहित १०० अर्बको आँकडा नाघेका थिए।

अब १०० अर्ब भन्दा बढी सम्पती हुने विश्वको तेस्रो मानिस बन्न पुगेका छन् मार्क जुकर वर्ग। मार्क जुकर बर्गको सम्पती १ सय २ अर्ब अमेरिकी डलर पुगेको छ। यो वर्ष मार्क जुकरवर्गको सम्पती २२ अर्बले बढेको छ भने जेफ बेजोसको सम्पती ७६ अर्बले बढेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL