Logo

सन् २०२० का लागि भारत सरकारको कुल बजेट ३० दशमलव ४२ ट्रिलियन रूपैँया

सन् २०२० का लागि भारत सरकारको कुल बजेट ३० दशमलव ४२ ट्रिलियन रूपैँया



काठमाडौं । भारतको केन्द्र सरकारले शनिबार ३० दशमलव ४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेको छ । सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताएको छ ।

त्यसैगरी अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२ दशमलव ४६ ट्रिलियन हुने प्रक्षेपण सरकारले गरेको छ । केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व सङ्कलनमा महत्वपूर्ण कदम चालेको दावी गरेको छ । तर प्रक्षेपित कर सङ्कलन सकारात्मक लयमा आउनका लागि केही समय लाग्ने अनुमान सरकारले गरेको छ । रासस

आर्थिक वर्ष २०२०–०२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिनेछ । सरकारले पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

केन्द्र सरकारका अर्थमन्त्री निर्मला सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधारहरू तय गरेको बजेट सम्वोधनमा बताइन । जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०÷०२१ का लागि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ ।

सरकारको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षको खर्च २६ दशमलव ९९ ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९ दशमलव ३२ ट्रिलियन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL