Logo

अमेरिकाद्वारा १२ देशका नागरिकहरूमाथि यात्रा प्रतिबन्ध, ट्रम्पको हस्ताक्षरमा आदेश जारी

अमेरिकाद्वारा १२ देशका नागरिकहरूमाथि यात्रा प्रतिबन्ध, ट्रम्पको हस्ताक्षरमा आदेश जारी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चिन्तालाई मध्यनजर गर्दै बुधबार १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। यससँगै, केही अन्य देशका नागरिकहरूमाथि आंशिक प्रतिबन्ध पनि लगाइएको छ।

पूर्ण प्रतिबन्ध लागेका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन्। यी देशका नागरिकहरूले अब अमेरिका प्रवेश गर्न सक्ने छैनन्।

त्यस्तै, आंशिक रूपमा प्रतिबन्धित देशहरूमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला परेका छन्। यी देशका केही विशेष वर्गका नागरिकमाथि मात्र प्रवेशमा रोक लगाइएको छ।

अधिकारिहरूका अनुसार, अमेरिकाका कानूनी स्थायी बासिन्दा, हाल वैध भिसा भएका व्यक्ति र केही विशेष वर्गका नागरिकहरूलाई भने यस आदेशबाट छुट दिइनेछ।

ह्वाइट हाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई भनिन्, ‘राष्ट्रपति ट्रम्प अमेरिकालाई हानि पुर्‍याउन सक्ने खतरनाक विदेशी तत्वहरूबाट सुरक्षित राख्न कटिबद्ध छन्।’

यो कदम अमेरिकाको राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्दै चालेको सरकारी निर्णयको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्