Logo

चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले ‘विश्वव्यापी प्रभाव’ ल्याउनसक्ने अमेरिकी चेतावनी

चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले ‘विश्वव्यापी प्रभाव’ ल्याउनसक्ने अमेरिकी चेतावनी



काठमाडौं । अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बुधबार विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले ‘विश्वव्यापी प्रभाव’ ल्याउनसक्ने चेतावनी दिएको छ ।

laxmi

आफ्नो अर्को चीन भ्रमणका क्रममा हुने छलफलमा अतिरिक्त क्षमताको जोखिमलाई मुख्य मुद्दाका रूपमा उठाउने र बेइजिङमाथि ‘उक्त मुद्दाको समाधान गर्न आवश्यक कदम चाल्न’ का लागि दबाब दिने योजना बनाएको छ ।

यस वर्ष वित्तमन्त्रीका रूपमा आफ्नो दोस्रो चीन भ्रमणको योजना बनाएकी येलेनले यी टिप्पणी जर्जियामा दिने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको ऐतिहासिक मुद्रास्फीति न्यूनीकरण ऐनका फाइदाहरूबारे पनि बताउने छ र प्रतिक्रियामा घोषणा गरिएको प्रमुख व्यावसायिक लगानीमाथि प्रकाश पार्ने छ।

यद्यपि उनको भाषणको केही अंशमा चीनका साथै औद्योगिक क्षमताका अन्य मुलुकहरूमाथि पर्ने प्रभावका बारेमा पनि चिन्ता व्यक्त गरिएको छ । येलेनको टिप्पणी अनुसार विगतमा स्टिल र आलुमिनियम जस्ता क्षेत्रमा चिनियाँ सरकारको समर्थनका कारण ‘पर्याप्त अधिक लगानी र अतिरिक्त क्षमता सिर्जना भयो, जसलाई चिनियाँ कम्पनीहरूले कम मूल्यमा विदेशमा निर्यात गर्न चाहन्थे ।’

“यसबाट चीनमा उत्पादन र रोजगारमा सहयोग पुर्याए पनि बाँकी संसारका उद्योगहरूलाई सङ्कुचित गर्न बाध्य बनायो”, उनले भने, “अब हामी सौर्य, विद्युतीय सवारी र लिथियम–आयत बेट्रीजस्ता ‘नयाँ’ उद्योगमा अतिरिक्त क्षमता निर्माण
देख्छौँ ।”

प्रतिक्रिया दिनुहोस्
MBL