Logo

जर्मनीमा गाँजालाई कानूनी वैधता, नेपालमा खुला गर्ने विषय चर्चामै सीमित

जर्मनीमा गाँजालाई कानूनी वैधता, नेपालमा खुला गर्ने विषय चर्चामै सीमित



काठमाडौं । जर्मनीले अप्रिल एक तारिखदेखि गाँजालाई वैधता दिने भएको छ । योसँगै जर्मन नागरिकहरुले सार्वजनिक स्थलमै गाँजा सेवन गर्न पनि पाउने छन् ।

laxmi

जर्मनीले गाँजाको प्रयोगलाई वैधता दिए पनि प्रयोगका केही सर्तहरु भने राखिएका छन् । सार्वजनिक स्थलहरुमा २५ ग्राम र निजी घरमा ५० ग्रामसम्म मात्रै गाँजा राख्न पाइने छ । कडा कानुनका कारण युवाहरु गाँजाको कुलतमा फस्न थालेपछि सरकारले नै यसलाई खुकुलो बनाएको त्यहाँका स्वास्थ्यमन्त्री कार्ल लाउटरबाकले बताएका छन् । उनले गाँजाले वैधता पाए पनि देशमा गाँजा क्याफे भने खोल्न नदिने बताए ।

सरकारले गाँजालाई वैधता दिने निणर्य गरेसँगै विपक्षीहरुले भने त्यसको विरोध गरेका छन् । उनीहरुले लागूपदार्थ प्रयोगलाई सरकारले नै प्रोत्साहन गरेको आरोप लगाएका छन् । विपक्षी कन्जरभेटिभहरू अर्को वर्ष सरकारमा आएमा यो कानुनलाई पूर्ण रूपमा खारेज गर्ने बताइसकेका छन् ।

नेपालमा पनि गाँजालाई औषधिका रुपमा उत्पादन तथा विक्रीका लागि वैधता दिनुपर्ने माग उठदै आएको छ । पछिल्लो समय यस्तो माग चर्किदै जाँदा संसदमा समेत गाँजाको उत्पादनलाई वैधता दिन सांसदहरुले माग गर्दै प्रस्ताव नै पेश गरेका थिए । तर, हालसम्म पनि यो विषय चर्चामा सीमित रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL