Logo

भारतले हटायो तीन देशमा चामल निर्यातको प्रतिबन्ध, नेपालमा भने अझै खुलेन

भारतले हटायो तीन देशमा चामल निर्यातको प्रतिबन्ध, नेपालमा भने अझै खुलेन



काठमाडौं । भारत सरकारले तीन देशका लागि चामल निर्यातमा लगाएको प्रतिबन्ध खुलाएको छ । सरकारले बुधबार सूचना जारी गर्दै भुटान, मौरिसस र सिंगापुरमा १ लाख ४३ हजार टन गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको हो । नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेडमार्फत निकासी गर्न अनुमति दिइएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचनामा जनाएकोे छ ।

laxmi

नेपाल सरकारले निर्यात प्रतिबन्ध खुलाइदिन पटक पटक अनुरोध गरेपनि नेपालमा भने निर्यात बन्देज रहेको छ । भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ ।

यस वर्ष पर्याप्त वर्षा नभएका कारण भारतमा धान उत्पादनमा कमी आएको थियो । जसका कारण भारतका स्थानीय बजारहरुमा चामलको भाउ बढेको थियो । चामलको उच्च मूल्यवद्धि नहोस् भन्ने मनसायले भारतले साउन ४ (जुलाई २०) देखि नेपाललगायत अन्य देशहरुमा पनि बासमतीबाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL