Logo

शिखर इन्स्योेरेन्सको च्याटबट सेवा, इन्स्योरेन्स सेवाहरु भाइबर र फेसबुक मेसेन्जरमा

शिखर इन्स्योेरेन्सको च्याटबट सेवा, इन्स्योरेन्स सेवाहरु भाइबर र फेसबुक मेसेन्जरमा



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन शुरु गरेको छ ।

वर्तमान परिप्रेक्षमा बीमा कम्पनीसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकहरुले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र भाइबरबाट कम्पनीका विभिन्न सेवाहरु लिन सक्नेछन् ।

यसका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नुपर्नेछ भने भाइबरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । इन्टरनेटमा पहुँच रहेका ग्राहकहरुका लागि च्याटबट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने शिखर इन्स्योरेन्सको विश्वास छ ।

यस च्याटबटमार्फत ग्राहकले आफुले लिन चाहेका सेवा बारे जानकारी दिनासाथ शिखर इन्स्योरेन्स सम्बन्धित विभागले ग्राहकलाई सम्पर्क गर्नेछन् । यसले गर्दा ग्राहकहरुको समय बचत हुनुका साथै इच्छाअनुसारका सेवा तत्कालै लिन पाइने भएको छ ।

ग्राहकहरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्नेछन् साथै आफ्ना सुझावहरु समेत दिन सक्नेछन् ।
यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ ।

कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा यस किसिमको सेवाको शुरुवातसँगै ग्राहकहरुले अब घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्ने र स–सानो कुराकोे लागि कम्पनी धाउनुपर्ने बाध्यताको अन्त्य हुने शिखर इन्स्योरेन्सले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL