Logo

नेशनल लाईफको ३० औं बार्षिक साधारण सभाः १३ प्रतिशत लाभांस पारित

नेशनल लाईफको ३० औं बार्षिक साधारण सभाः १३ प्रतिशत लाभांस पारित



काठमाडौं । नेशनल लाईफ ईन्स्योरेन्सले आफ्ना सेयर सदस्यहरुलाई १३ दशमलव ५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको ३० औं बार्षिक साधारण सभामा उक्त घोषणा गरेको हो ।

laxmi

सधारणसभामा बोल्दै शुक्रबार कम्पनीका अध्यक्ष प्रेमा सिंहले आर्थिक बर्ष २०७३ ७४ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताएकी छन । उनका अनुसार सो वर्ष कूल ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन भई १ अर्ब ६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरिएको छ । उनले उक्त बर्ष ४१ करोड रुपैयाँको खुद मुनाफा आर्जन गरेको पनि बताएकी छन ।

सभामा बोल्दै उनले कम्पनीको कुल लगानी १९ दशमलव ४२ प्रतिशतले बृद्धि भई १६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले बृद्धि भई २०७४ असार मसान्त सम्ममा १७ अरब २९ करोड रुपैयाँ पुगेको बताईन ।

गत साधारण सभावाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी प्रक्रृया सम्पन्न भई समिक्षा वर्षको प्रस्तावित वोनस शेयर समेत गरी कूल चुक्ता पूँजी ३ अर्ब रुपैयाँभन्दा बढी हुन जाने जानकारी दिएकी छन।

चुक्ता पूंजीको १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL