Logo

बीमा समितिको निर्देशन पछि नेशनल लाईफले घटायो लाभांश, नगद घटायो बोनस बढायो

बीमा समितिको निर्देशन पछि नेशनल लाईफले घटायो लाभांश, नगद घटायो बोनस बढायो



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांशको अनुपात परिमार्जन गरेको छ । बीमा समितिको निर्देशन पश्चात कम्पनीले यसअघि आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट वितरण गर्न घोषणा गरेको नगद र बोनस सेयरको अनुपात परिमार्जन गरेको हो ।

laxmi

यसअघि कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर गरी कुल १७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीको संचालक समितिले बुधबार एक निर्णय गर्दै आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर मात्र वितरण गर्ने निर्णय गरेको हो । साथै बोनस सेयरमा लाग्ने कर रकम बापत ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

उक्त लाभांशलाई नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी दिनमा हुने साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL