Logo

अबदेखि अनलाईनबाटै स्वास्थ्य बीमा नविकरण, यस्तो छ प्रक्रिया

अबदेखि अनलाईनबाटै स्वास्थ्य बीमा नविकरण, यस्तो छ प्रक्रिया



काठमाडौं । अब स्वास्थ्य बीमा नविकरण इसेवा, खल्ती र कनेक्ट आईपीएसबाटै गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।

स्वास्थ्य बीमा बोर्डले मिति २०७८ चैत २५ गते देखि संचालन गरिएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित परिवारले इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत घरमुलीको बीमा नम्बर राखी नागरिक एपमा लिंक गरेर नवीकरण गर्न सकिने छ ।

सम्भव भएसम्म बीमितले अनलाइनमार्फत आ(आफ्नो स्वास्थ्य बीमा सदस्य नवीकरण गर्न बोर्डले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्