Logo

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले थप जग्गा अधिग्रहण गर्ने, जग्गा धनीहरुलाई ३५ दिने सूचना

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले थप जग्गा अधिग्रहण गर्ने, जग्गा धनीहरुलाई ३५ दिने सूचना



काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि थप आवश्यक जग्गा ग्रहण गर्ने भएको छ । उक्त क्षेत्रमा पर्ने जग्गा धनीहरुलाई मुआब्जा दाबी विरोधका लागि सरकारले सोमबार ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

सरकारले विमानस्थलको विद्यमान तारबारबाट दक्षिण पूर्वको कित्ता नं ११९९४ बाट दक्षिण कित्ता नं ४७३८ हुँदै पूर्वतर्फ २४९४ कित्ता ४३६५, उत्तरपूर्व २६९१ बाट १४७९ कालोपत्रेबाटो हुँदै ४३११ कित्तासम्म तोकिएको छ । त्यस्तै पश्चिमतर्फको विमानस्थल तारबारबाट धावनमार्ग केन्द्रभाग हुँदै दायँबाँया हुने गरि १०५ कित्ताबाट १९५ कित्ताहुँदै दक्षिणतर्फ २०, ७२ र ७४ हुँदै पूर्वतर्फको खहरेखेलासम्म सीमा तोकिएको छ ।

मेट्रोलोजिकल भवनको विद्यमान एक्सेस रोडका विद्यमान तारबारबाट पूर्वतर्फ कित्ता नं ११९७९ बाट दक्षिणतर्फ ११९७८ चारकिल्ला कायम गरेको छ । उक्त चारकिल्ला वा कित्ता नम्बर भित्र पर्ने २ सय १३ जना जग्गाधनीहरुको लागि उक्त सुचना जारी गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL