Logo

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल धेरै चलाउनेमा फिलिपिन्सका नागरिक पहिलो, सबैभन्दा कम चलाउने जापानका नागरिक

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल धेरै चलाउनेमा फिलिपिन्सका नागरिक पहिलो, सबैभन्दा कम चलाउने जापानका नागरिक



काठमाडौं । विभिन्न देशहरुको तथ्यांक हेर्दा विश्वका हरेक इन्टरनेट प्रयोगकर्ताहरुले प्रतिदिन २ घण्टा २२ मिनेट सामाजिक संजालमा समय विताउँछन् । ग्लोबल वेब इन्डेक्सको सर्भेअनुसार सन २०१८ र २०१९ को तुलनामा यो बर्षको पहिलो चौमासिकमा सामाजिक संजालमा समय विताउनेको संख्यामा गिरावट आएको छ । तर, कोरोना भाईरसको कहर कम भएको अवस्थामा सन २०२१ मा भने यो बढ्ने अनुमान गरिएको छ ।

laxmi

सामान्य दिनहरुमा इमर्जीङ मार्केटका मानिसहरुले निरन्तर रुपमा सामाजिक संजालमा समय विताईरहेका हुन्छन् । उक्त स्थानका १६ देखी २४ बर्ष उमेर समूहका युवाहरुले बढी समय सामाजिक संजालमा विताउने गरेको पाईएको हो । तर ग्लोबल वेब इन्डेक्सको प्रतिवेदनअनुसार फिलिपिन्सका मानिसहरुले सामाजिक संजालमा बढी समय विताउने गरेको पाईएको छ ।

फिलिपिन्सका मानिसहरुले विश्वमै धेरै अर्थात प्रतिदिन ४ घण्टा सामाजिक संजालमा समय विताउँछन् । यस्तै फिलिपिन्सपछि सामाजिक संजालमा धेरै समय व्यतित गर्नेको सूचीमा नाईजेरियाका मानिसहरु आउँछन् । उनिहरुले दिनमा ३ देखि सवा ३ घण्टा बढी समय सामाजिक संजालहरुमा विताउँछन् । साथै भारत र चीनका नागरिकहरुले भने प्रतिदिन क्रमशः साढे २ घण्टा र २ ण्टा समय सामाजिक संजालमा विताउँछन् ।

तर अन्य केही विकसित देशहरुमा भने मानिसहरुको उमेर बढ्दै गएसँगै सामाजिक संजालमा धेरै दिन विताउने नागरिकहरुको गिरावट आईरहेको प्रतिवेदनले देखाएको छ ।

जापानकै कुरा गर्ने हो भने पनि सामान्य दिनमा प्रतिदिन ४८ मिनेट मात्रै सामाजिक संजालमा समय विताउँछन् । साथै जर्मनीमा भने मानिसहरु प्रतिदिन १ घण्टा २० मिनेट समय सामाजिक संजालमा विताउँछन् । प्रतिवेदनका अनुसार बेलायत र अमेरिकाका मानिसहरु प्रतिदिन २ घण्टा समय सामाजिक संजालमा विताउँछन् ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL