Logo

नेप्सेमा २६ अंकको वृद्धि, जीवन बीमा समुहले तोड्यो १० हजार अंकको सीमा

नेप्सेमा २६ अंकको वृद्धि, जीवन बीमा समुहले तोड्यो १० हजार अंकको सीमा



काठमाडौं । बुधबार नेप्से परिसूचक २६ अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा २५.९८ अंकले उकालो लागेको हो ।

laxmi

बजारमा बीमा र व्यापार समुहको परिसुचक उच्च रुपमा बढेसँगै नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएको छ । जसमध्ये बुधबार जीवन बीमा समुहले १० हजार अंकको सीमा तोड्दै रेकर्ड कायम गरेको छ ।

बुधबार जीबन बीमा समुहको परिसुचक ४७६ अंकले बढ्दा सो समुहको परिसुचकले १० हजार अंकको सीमा पार गर्दै १० हजार २ सय ५१ अंकका पुगेको छ । यसैगरी बजारमा निर्जीवन बीमा समुहको परिसुचक पनि १६० अंकले बढेको छ ।

बजारमा व्यापार समुहको परिसुचक १०९ अंकले बढ्दा होटल समुहको परिसुचक ८७ अंकले उकालो लागेको छ । तर दोहोरो अंकले बढेको बजारमा जलविद्युत र उत्पादनमुलक समुहको परिसुचक भने ओरालो लागेका छन् ।

बजारमा नेप्से परिसुचक बढ्दा कारोबार रकम पनि उच्च हुन पुगेको छ । बुधबार दिनभर कुल ४ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १९६ कम्पनीको ९६ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ ।

जसमा सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्सको २८ करोड ५३ लाख रुपैयाँ र नेपाल लाईफ इन्स्योरेन्सको २३ करोड ५८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL