Logo

कोरोनाले पर्यटन क्षेत्रमा ६० अर्ब घाटा, पर्यटन मन्त्री भन्छन्–अब पुनर्कर्जा र छुट दिएर उकास्छौं

कोरोनाले पर्यटन क्षेत्रमा ६० अर्ब घाटा, पर्यटन मन्त्री भन्छन्–अब पुनर्कर्जा र छुट दिएर उकास्छौं



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा ६० अर्बको घाटा बेहोरेको छ । आईतबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको पर्यटन क्षेत्रमा कोरोनाको असर बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले उक्त कुराको जानकारी दिएका हुन् ।

laxmi

उनका अनुसार पछिल्लो ७ महिनादेखि जारी महामारी र यसले निम्त्याएको आर्थिक संकुचनका कारण नेपालको पर्यटन क्षेत्रले ठुलो घाटा बेहोर्नुपरेको हो । उनका अनुसार महामारीकै कारण मानिसको आवतजावतलगायतका क्रियाकलाप बन्द हुँदा सोही अनुसारको असर परेको हो । तर यसलाई उकास्न अर्थात महामारीले पारेको असरलाई न्युनिकरण गर्न पर्यटन मन्त्रालयले हरदम प्रयास गरिरहेको उनले बताए ।

यसका बिषयमा अर्थमन्त्रालय लगायतका निकायमा पर्यटन व्यवसायलाई दिनुपर्ने पुनर्कर्जा, बैंक किस्तामा छुटलगायतका सुविधाहरुको बारेमा जोड गरिरहेको उनको भनाई छ । पर्यटन क्षेत्रलाई नै माथी उकास्न मन्त्रालयको टोली नै लागेको उनले बताए ।

भर्चुअल अन्तरक्रिया कार्यक्रममा सीएनआईका अध्यक्ष सतिश मोरले निजी क्षेत्रका पर्यटन व्यवसायीले मौद्रिक नीतिमा समेटिएका विभिन्न सुविधाहरु नपाएको बताएका छन् । उनले मौद्रिक नीतिमा विभिन्न सेवासुविधाहरु समेटिएपनि सोहीअनुसारको सेवा भने नपाएको बताए ।

यस्तै कार्यक्रममा टानका अध्यक्ष खुमबहादुर सुवेदिले विस्तारै पर्यटन क्षेत्रलाई खुलाउनुपर्ने बताएका छन् । उनले अब कोरोनासँग भागेर नभई संगै विभिन्न क्रियाकलापहरु संचालनमा ल्याउनुपर्ने बताए ।

यस्तै श्री एयरलाईन्सका संचालक सुधिर मित्तलले पनि कोरोनासँगै अर्थतन्त्रका आयामहरु पनि संचालन गर्नुपर्ने बताए । उनले अब पर्यटन पूर्वाधारलाई विशेष जोड दिएर पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा पुर्याउन जोड दिनुपर्ने बताएका हुन ।

कात्तिक १ देखि हिमाल आरोहण र पदयात्रा खुलाउने

सरकारले आगामी कात्तिकदेखि हिमाल आरोहण तथा पदयात्रालगायतका क्रियाकलाप पनि संचालनमा ल्याउने भएको छ । आईतबार आयोजित भर्चुअल अन्तरक्रियामा बोल्दै पर्यटन मन्त्री भट्टराईले उक्त कुराको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL