Logo

अब पूर्ण क्षमतामा यात्रु राखेर जहाज संचालन गर्न पाइने, बजार हिस्साको २५ प्रतिशत मात्रै उडान अनुमति

अब पूर्ण क्षमतामा यात्रु राखेर जहाज संचालन गर्न पाइने, बजार हिस्साको २५ प्रतिशत मात्रै उडान अनुमति



काठमाडौं । अब पूरै सिट भरेर जहाज चलाउन पाइने भएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालयले जहाजका सिटभरी यात्रु राखेर संचलान गर्न पाउने निर्णय गरेको हो । गत हप्ताको मन्त्रिपरिषद बैठकले जहाज सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर जहाज संचालन गर्न निर्देशन दिएको थियो । तर वायुसेवा संचालक संघले आधा यात्रु बोकेर जहाज उडान नसकिने अडान लिएका थिए ।

सोहीअनुसार असोज १ गतेदेखि संचालन हुने भनिएको आन्तरिक उडान प्रभावित बनेको थियो । तर मन्त्रालयले आजै उक्त निर्णय गरेपश्चात वायुसेवा कम्पनीहरुले पनि असोज ५ गतेदेखि जहाड उडाउने भएका छन् । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै असोज ५ गतेदेखि आन्तरिक उडान भर्न निर्देशन दिएको छ ।

विज्ञप्तीमा क्षमताको आधा यात्रु बोकेर उडान गर्नुपर्ने भने उल्लेख गरिएको छ । जसअनुरुप अब वायुसेवा संचालकहरुले जहाजभरी यात्रु राखेर उडान गर्न पाउने भएका हुन् । तर मन्त्तालयले लकडाउन अघिको बजार हिस्सालाई तुलना गर्दाै असोज १४ गतेसम्मका लागि २५ प्रतिशत मात्रै उडान गर्न निर्देशन दिएको छ ।

यस्तै मन्त्रालयले विमानस्थलमा अनावश्यक भिड बढ्न नदिने, हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेलगायतका शर्तसमेत राखेको छ । कोरोना भाइरसको महामारी सुरु भएसँगै सरकारले गत चैत ११ गतेदेखि आन्तरिक उडान रोकेको थियो ।

अब पूर्ण क्षमतामा यात्रु राखेर जहाज संचालन गर्न पाइने, बजार हिस्साको २५ प्रतिशत मात्रै उडान अनुमति
अब पूर्ण क्षमतामा यात्रु राखेर जहाज संचालन गर्न पाइने, बजार हिस्साको २५ प्रतिशत मात्रै उडान अनुमति

प्रतिक्रिया दिनुहोस्
MBL