काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल यातायात संघ (आयटा) ले सोमबार जारी गरेको वल्र्ड एयर ट्रान्सपोर्ट रिपोर्ट–२०२५ अनुसार अमेरिका ८७ करोड ६० लाख यात्रुहरूसँगै सन २०२४मा विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । यसमा अमेरिकी घरेलु बजारको प्रमुख योगदान रहेको छ ।
विश्वभरका लगभग ३५० उड्डयन कम्पनीहरूको प्रतिनिधित्व गर्ने आयाटाद्वारा सोमबार जारी गरिएको विश्व हवाई यातायात तथ्याङ्कको पछिल्लो संस्करण अनुसार चीन ७४ करोड १० लाख यात्रुहरूसँग दोस्रो स्थानमा रहेको छ र २०२३ को तुलनामा १८.७ प्रतिशतले वृद्धि भएको छ ।
बेलायत २६ करोड १० लाख यात्रुहरूसँग तेस्रो स्थानमा रहेको छ भने स्पेन २४ करोड १० लाख यात्रुहरूसँग चौथो स्थानमा रहेको छ । यी तथ्याङ्कहरूमा प्रत्येक देशमा आउने र जाने सबै अन्तर्राष्ट्रिय र घरेलु यात्रुहरू समावेश छन् । रिपोर्टअनुसार भारत २०२४ मा २४ करोड १० लाख यात्रुहरू सम्हाल्ने गरी विश्वको पाँचौं ठूलो उड्डयन बजार बनेको छ । यस अवधिमा जापानले २० करोड ५० लाख यात्रुहरूलाई सेवा दियो, जुन वार्षिक १८.६ प्रतिशतले वृद्धि हो ।
भारतको प्रगति
रिपोर्टअनुसार सूचीमा भारतले उच्च प्रगति हासिल गरेको छ । भारतमा हवाई यात्रुहरूको संख्या २०३ मा २१ करोड १० लाख थियो र २०२४ मा ११.१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा मुम्बई र दिल्ली सबैभन्दा व्यस्त विमानस्थलहरू मध्येका बिमानस्थल बनेका छन् । यी तथ्याङ्कहरू भारतीय उड्डयन क्षेत्रको वृद्धि र विकासतर्फ सकारात्मक संकेत रहेको रिपोर्टमा छ ।