Logo

सेयर कारोबारको भुक्तानी चेकमार्फत नगर्ने ब्रोकर एशोसिएशनको निर्णय, अब विद्युतीय भुक्तानी मात्र

सेयर कारोबारको भुक्तानी चेकमार्फत नगर्ने ब्रोकर एशोसिएशनको निर्णय, अब विद्युतीय भुक्तानी मात्र


बिजखबर संवाददाता
0
Shares

काठामाडौं । धितोपत्र दालल व्यवसायीहरुले अबका दिनमा सेयर कारोबारको भुक्तानी चेकमार्फत नलिने भएका छन् । कोरोना संक्रमण पछिको निषेधाज्ञासँगै नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको भुक्तानी विद्युतीय माध्यममार्फत लिनदिन निर्देशन दिएसँगै नेपाल ब्रोकर एशोसिएशन अफ नेपालले एक निर्णय गर्दै अबका दिनमा आफुहरुले चेकमार्फत सेयर खरिदबिक्रीको भुक्तानी नलिने तथा नदिने निर्णय गरेको हो ।

laxmi

पछिल्लो सयम कतिपय लागानीकर्ताले आफुले खरिद गरेको रकम कारोवार प्रणालीबाट वा सिधै कनेक्ट आईपीएसको प्रयोग गरी भुक्तानी गरिरहेका भए पनि धेरै लगानीकर्ताहरु तथा ठूला भुक्तानीहरु अझै पनि चेक बाटै हुने गरेको भन्दै अबका दिन पूर्णरुपमा अनलाईन प्रणालीमार्फत गर्ने निर्णय गरेको हो । कोभिड १९ को संक्रमण न्यूनीकरण तथा नियन्त्रणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनहरmले जारी गरेको निषेधज्ञाका कारण आवागमनमा असहजता तथा सीमित बैंकिगं कारोबार भएको यस अवस्थामा चेकमार्फत खरिद कारोवारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल ब्यवसायीहरुलाई अफ्ठ्यारो परेको छ । साथै नियमक निकाय नेपाल धितोपत्र बोर्डबाट समेत यहिँ भदौं ३ गते दोस्रो पटक निर्देशन जारी गरी १५ दिन भित्रमा सेयर कारोवारको रकम लेनदेन विद्युतीय माध्यमबाट मात्र गर्न निर्देशन दिएकाले सोही अनुरुप अबका दिनमा धितोपत्र दलाल ब्यवसायहरुले बिद्युतीय माध्यम भन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने स्पष्ट पारेको हो ।

पछिल्लो समय ब्यवसायीले आईपीएसमार्फत बिक्रि रकमको हस्तान्तरण गर्दा कतिपय ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण अध्यावधिक नगराएका कारणले रकम भुक्तानी गर्न सदस्यहरुलाई असहज भएको तथा भुक्तानी पठाएको रकम फिर्ता हुने गरेको ब्रोकर एशोसिएशनले जानकारी दिएको छ । तसर्थ सेयर विक्रिगर्ने लगानीकर्ताले आईपीएस प्रणालीबाट समयमै भुक्तानी लिन आफुले धितोपत्र विक्रि गर्नु पूर्व आफुले कारोबार गर्ने धितोपत्र दलाल ब्यवसायीलाई आफुले रकम लिन चाहेको बैंक खाताको विवरण (बैंकको नाम, शाखाको ठेगाना, खाता नम्बर) गल्ती नहुने गरी इमेल, भाईबर जस्ता विद्युतीय माध्यमबाट अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL