Logo

सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, तोलाको झण्डै एक लाख पुग्यो

सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, तोलाको झण्डै एक लाख पुग्यो



काठमाडौं । दिनुहँ उकालोलागिरहेको सुनको मूल्यले नेपाली बजारमा आइतबार पनि नयाँ रेकर्ड बनाएको छ ।

आइतबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार १६० पुगेको छ । त्यसैगरी आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदीमा प्रतितोला ३० रुपैयाले बढेको छ ।

शुक्रबार चाँदी १२ सय प्रति तोलामा कारोबार भएकोमा आइतबार प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL