Logo

अब भदौ ७ गतेभित्र कर तिरिसक्नु पर्ने, यसकारण तय भयो ७ भदौको मिति

अब भदौ ७ गतेभित्र कर तिरिसक्नु पर्ने, यसकारण तय भयो ७ भदौको मिति



काठमाडौं । करदाताहरुले अब भदौ सात गतेभित्र कर तिरिसक्नु पर्ने भएको छ । सर्बोच्चको आदेशअनुसार लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी भएको आदेश अनुसार अब भदौं सातभित्र कर तिनु पर्ने भएको हो ।

laxmi

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मंगलबार मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए सँगै अब व्यवसायीले कर तिर्ने समय भदौ सातसम्म तोकिएको हो ।

यसअघि सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरिसकेको छ। यद्यपि अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ। नेपालमा कोरोनाको जोखिम बढेको भन्दै चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL