Logo

मधेसको राजस्व संकलनमा प्रगति, पाँच अर्ब ५४ करोड संकलन

मधेसको राजस्व संकलनमा प्रगति, पाँच अर्ब ५४ करोड संकलन



काठमाडौँ । मधेसमा राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व संकलन रु. पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो ।

सात वर्ष पहिले आव २०७५/७६ मा रु. दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व संकलन भएको थियो । सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को संकलन दोब्बर बढी भएको हो ।

मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ । कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन् । “राजस्व संकलनमा यो उल्लेख्य प्रगति हो”, सचिव महतोले भने, “यसले अब राम्रो लिक समातेको छ ।”

यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा रु. तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्ष आगामी वर्षहरूमा राजस्व संकलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ । संकलन प्रक्रियालाई वैज्ञानिक रूपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्