Logo

‘ट्रम्पको ट्यारिफ बम’ ९० देशमा लागू, ५० प्रतिशतको ट्यारिफले भारतलाई कस्तो असर पर्छ ?

‘ट्रम्पको ट्यारिफ बम’ ९० देशमा लागू, ५० प्रतिशतको ट्यारिफले भारतलाई कस्तो असर पर्छ ?



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यरातबाट भारतसहित ९० भन्दा बढी देशहरूमा नयाँ कर (आयात कर) लगाएका छन् । अमेरिकामा सामान ल्याउने धेरै देशका कम्पनीहरूमा यी कर लगाइएको छ । जसको बारेमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसियलमा लेखेका छन्, ‘मध्यरात भयो ! अब अर्बौं डलरको कर अमेरिकामा आउन थालेको छ ।’

के अर्बौं डलर भित्रिन थालेको हो ?

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार, बुधबारको अघिल्लो पोस्टमा ट्रम्पले भनेका थिए, ‘पारस्परिक कर आज मध्यरातबाट लागू हुनेछ । अर्बौं डलर, जसमध्ये धेरैजसो ती देशहरूबाट आउनेछन् जसले धेरै वर्षदेखि संयुक्त राज्य अमेरिकाको फाइदा उठाउँदै आएका छन् र अब त्यस्तो हुनेछैन । संयुक्त राज्य अमेरिकामा पैसा आउन थाल्नेछ ।’

भन्सार शुल्कको पहिलो किस्ता अन्तर्गत, भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ । यद्यपि, बुधबार अमेरिकी राष्ट्रपतिले यसलाई दोब्बर पारेर ५० प्रतिशत पुर्याएका छन् र अब २१ दिन पछि, थप २५ प्रतिशत भन्सार शुल्क लगाइनेछ । ह्वाइट हाउसको एक विज्ञप्तिमा भनिएको छ कि अमेरिकाले युक्रेनमा रूसको कारबाहीबाट सिर्जना भएको राष्ट्रिय आपतकालको सामना गर्न अगस्ट १ मा घोषणा गरिएको २५ प्रतिशत पारस्परिक भन्सार शुल्कको अतिरिक्त २५ प्रतिशत थप भन्सार शुल्क लगाउनेछ ।

ट्रम्पको ट्यारिफ बमबाट कुन देशहरू प्रभावित भए ?
ब्राजिलः ५०%
लाओस र म्यानमारः ४०%
स्विट्जरल्याण्डः ३९%
इराक र सर्बियाः ३५%
भियतनाम र ताइवानः २०%
बंगलादेश र श्रीलंकाः २०%
युरोपेली संघ, जापान, दक्षिण कोरियाः १५%
भियतनाम, बंगलादेश, ताइवानः २०%
भारतः २५% (५०% पछि)

कुन देशहरूलाई छुट दिइयो ?

बेलायत, जापान र दक्षिण कोरिया जस्ता केही देशहरूमा कम भन्सार शुल्क (१०–१५%) लगाइएको छ । क्यानडामा पहिले २५% भन्सार शुल्क थियो, तर अब यसलाई बढाएर ३५% गरिएको छ किनभने ट्रम्पले क्यानडाले लागूपदार्थको तस्करी रोक्न असफल भएको बताएका छन् । मेक्सिकन सामानहरूमा लाग्ने भन्सार शुल्क ९० दिनको लागि स्थगित गरिएको छ ।

सेमीकन्डक्टरमा १००% कर

ट्रम्पले सेमीकन्डक्टर (इलेक्ट्रोनिक चिप्स) मा १००% कर लगाउने कुरा गरेका छन् । तर अमेरिकामा कारखाना स्थापना गर्ने वाचा गरेका एप्पल जस्ता कम्पनीहरूले यो कर तिर्नु पर्ने छैन । ट्रम्पले भने, “यदि कुनै कम्पनीले वाचा गर्छ र कारखाना निर्माण गर्दैन भने, पछि उसले कर तिर्नु पर्नेछ ।“

भारतमा कस्तो असर पर्छ ?

भारतबाट अमेरिका जाने सामानहरू, जस्तै कपडा, इलेक्ट्रोनिक्स र अटो पार्टपुर्जा, अब महँगो हुन सक्छ । यसले भारतीय कम्पनीहरूलाई घाटा हुन सक्छ र सामानको मूल्य बढ्न सक्छ । तर, भारत सरकार र कम्पनीहरूले घाटा कम गर्न यसबारे छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्