Logo

आईओएस र आईफोनको नाम परिवर्तन गरिँदै, अब के नाम राखिदैछ ?

आईओएस र आईफोनको नाम परिवर्तन गरिँदै, अब के नाम राखिदैछ ?



काठमाडौं । आईफोनको अपरेटिङ सिस्टम आईओएस हो । अब एप्पल कम्पनीले आफ्नो अपरेटिङ सिस्टम आईओएस तथा आईफोनको नाम परिवर्तन गर्ने भएको छ । तर एप्पलले गत बर्ष आफ्नो आईप्याड लाईनअपका लागि भने आईओएसको सट्टा आईप्याडओएस सिस्टम सार्वजनिक गरेको थियो ।

laxmi

आफ्नो अपरेटिङ सिस्टमलाई अझै भास्ट बनाउनका लागि सिस्टममा परिवर्तन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । एप्पल कम्पनी सम्बन्धीत एक विज्ञका अनुसार अब एप्पलले आफ्ना आईओएस सिस्टमको नाम परिवर्तन गरेर आईफोनओएस राख्ने भएको छ ।

यस्तै कम्पनीले आफ्नो आईफोनलाई भने एप्पल फोनमा परिवर्तन गर्ने भएको छ । यस्तै कम्पनीले यसै महिनाको २२ तारिखमा हुने एक कन्फ्रेन्समा आफ्नो नयाँ अपरेटिङ सिस्टम आईप्याड ओएस १४ म्याक ओएस, वाचओएस समेत सार्वजनिक गर्ने भएको छ । गिजचाईनाबाट

प्रतिक्रिया दिनुहोस्
MBL