Logo

दैनिक रेकर्ड तोडदै सुनको मूल्य, प्रतितोला ८० हजार ३ सयमा कारोबार हुँदैं

दैनिक रेकर्ड तोडदै सुनको मूल्य, प्रतितोला ८० हजार ३ सयमा कारोबार हुँदैं



काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्य प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ । नेपालको इतिहासमा सुनको मूल्य प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको यो पहिलो पटक भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आईतबार प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा सोमबार १५ सय रुपैयाँले बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ७८ हजार ५ सय रुपैयाँबाट बढेर ८० हजार रुपैयाँ पुगेको छ । आईतबारको तुलनामा सोमबार तेजाबी सुनमा समेत १५ सय रुपैयाँले बढेर ८० हजार रुपैयाँ पुगेको हो ।

त्यसतै आईतबार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा पनि ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL