Logo

१० बस्तुको निर्यात ५४ प्रतिशत भन्दा बढी

१० बस्तुको निर्यात ५४ प्रतिशत भन्दा बढी


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता

५ चैत, काठमाडौं । नेपालबाट निर्यात हुने बस्तुमध्ये १० ओटा बस्तुको हिस्सा ५४ प्रतिशत भन्दा बढी रहेको छ । चालु आर्थिक बर्षको ७ महिनामा ५० अर्व १९ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा १० बस्तुको निर्यात २७ अर्व रुपैयाँ भन्दा बढी रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

सात महिनामा सवैभन्दा बढी उलन कार्पेट निर्यात भएको छ । सो अवधिमा ४ अर्व ८३ करोड ५ लाख रुपैयाँको उलन कार्पेट निर्यात भएको छ । उलन कार्पेट चीन तथा तेस्रो मुलुकतर्m निर्यात हुँदै आएको छ । त्यस्तै सो अवधिमा नेपालबाट ३ अर्व १५ करोड ९ लाखको टेक्सटायलको निर्यात भएको छ भने २ अर्व ५२ करोड रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भएको छ ।

त्यस्तै सो अवधिमा ३ अर्व ४६ करोडको जिन्क सीट, २ अर्व ८१ करोडको ‘पोलिस्टर यार्न’ निर्यात भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यसैगरी, २ अर्व २८ करोडको जुटजन्य बस्तु, १ अर्व ७८ करोडको अलैची, १ अर्व ७० करोडको जीआइ पाइप, ५९ करोड २९ लाखको प्रशोधित छाला तथा १ अर्व ४५ करोडको पश्मिना निर्यात भएको छ ।

चालु आवको सात महिनामा नेपालको निर्यातमा ५ दशमलव १ प्रतिशतले घटेको छ । विशेषगरी भारतर्फको निर्यात ९ दशमलव ५ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । नेपालबाट ठूलो मात्रामा निर्यात हुने अलैँची, जुट तथा जींक सीटजस्ता सामग्रीको निर्यातमा कमी भएकोले समग्र निर्यातमा नकारात्मक प्रभाव पारेको हो । यस्त सामग्री विशेषगरी भारततर्फ निर्यात हुने गरेको छ ।

तर, सो अवधिमा विशेषगरी चीनतर्फको निर्यात बढेको छ । चीनतर्फको निर्यात १३ दशमलव ७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । चीनतर्फ विशेषगरी तयारी पोसाक, प्रशोधित छालालगायतको निर्यात बढेको देखिन्छ । त्यस्तै अन्य मुलुकतर्फको निर्यात पनि २ दशमलव ५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL