Logo

सुरक्षामा चीनले खर्चिदै छ बार्षिक १ खर्ब ७५ अर्ब डलर

सुरक्षामा चीनले खर्चिदै छ बार्षिक १ खर्ब ७५ अर्ब डलर


बिजखबर संवाददाता
0
Shares

बेइजिङ । चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि १ अर्ब ७५ अर्ब डलर सुरक्षा बजेटमा विनियोजन गरेको छ । चीनको यस्तो बजेट गतबर्षको ७ प्रतिशत रहेकोमा त्यसलाई बढाएर ८ दशमलव १ प्रतिशत पुर्याएको हो ।

चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको नयाँ बजेटमा सुरक्षाका लागि मात्रै सो बजेट विनियोजन गरिएको हो । चीनको गत दुई बर्षको तुलनामा सन् २०१७ आर्थिक वृद्धिदर सामान्य बढी देखिएपनि सन् २०१३ पछि तेस्रो पटक गत बर्ष पनि आर्थिक वृद्धिदर एक अङ्कमा देखिएको छ ।

सन् २०१६ मा ७ दशमलव ६ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०१७ मा ७ प्रतिशत कायम हुन आएको देखिएको छ ।
चीनको रक्षा बजेटले अन्य चर्चित मुलुकहरूको राष्ट्रिय बार्षिक खर्चको तुलनामा यहाँको कुल ग्राहस्थ उत्पादनको सानो हिस्सामात्र ओगट्ने गर्छ ।

तथापि चीनको सेनाको प्रतिव्यक्ति खर्चदर पनि अन्य विकशित मुलुकको तुलनामा कम हुने गरेको १३ औँ नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी)का प्रथम बार्षिक सभाका प्रवक्ता झाङ यसुइले बताए ।

सुरक्षा बजेटकोे वृद्धिको ठूलो हिस्सालाई सैनिक सेवामा कार्यरत अधिकारीको सेवागत सुविधा, तल्लो तहको सैनिक समूहको तालिम तथा सुरक्षा सामग्रीलाई आवश्यक सुधार गर्न प्रयोग गरिने प्रवक्ता झाङको भनाइ थियो ।

त्यसैगरी बजेटले आर्थिक बर्ष २०१८÷०१९मा चीनको कुल ग्राहस्थ उत्पादनमा ६ दशमलव ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । यो आर्थिक बर्ष २०१६÷०१७ को तुलनामा शुन्य दशमलव २ र २०१७÷०१८ को तुलनामा शुन्य ३ प्रतिशतले कमी हो । यसका बाबजुद पनि चीन विश्वको अति शीघ्र आर्थिक वृद्धि हुने मुलुकका रूपमा रहनेछ (रासस/एएनआई)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL