Logo

व्यापार मेलामा एकैदिन ४ करोडको कारोबार

व्यापार मेलामा एकैदिन ४ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

पोखरा । पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् ।

संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब ४ करोडको कारोबार भएको अनुमान गरिएको छ । घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको उल्लेख गरे ।

संघका महासचिव दामु अधिकारीले मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताए । उनका अनुसार
पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ ।

मेला समापनको दिन मेलाको प्रवेश टिकटमध्ये एकजनालाई गोलाप्रथाद्वारा ह्युण्डाई कम्पनीको इवन गाडी उपहारको रुपमा राखिएको छ । सो गाडीको बजार मूल्य रु १८ लाखभन्दा बढी रहेको छ ।

पुस २७ गतेदेखि शुरु भएको मेला आगामी माघ ८ गतेसम्म जारी रहने आयोजकले जानकारी दिएको छ । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL