Logo

राणा र मुरारकाले पालना गरेनन् आचारसंहिता, मतदातालाई प्रलोभनमा पारेको प्रधानको आरोप

राणा र मुरारकाले पालना गरेनन् आचारसंहिता, मतदातालाई प्रलोभनमा पारेको प्रधानको आरोप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र आगामी कार्यकालका लागि अध्यक्ष भवानी राणाले आचारसंहिता विपरित कुनै एउटा प्यानलको चुनावी प्रचारप्रसारमा केन्द्रित भएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले बताए । ‘महासंघको आचारसंहिता अनुसार अध्यक्ष वा स्वत अध्यक्ष भइसकेका वरिष्ठ उपाध्यक्ष चुनावी क्याम्पियनमा हिड्न मिल्दैन,’ पत्रकार सम्मेलन गर्दै उनले भने, ‘तर, अबका अध्यक्ष भवानी राणाले शेखर गोल्छा प्यानलको लागि उद्घोषण नै गर्नुभयो ।’

मुरारका र राणाले चुनावको विषयलाई लिएर अनावश्यक राजनीति गरेका कारण महासंघमा आवद्ध व्यवसायीलाई लज्जित बनाएको समेत प्रधानको आरोप थियो । ‘महासंघमा सफल नेतृत्व चयनको लागि व्यवसायीहरुलाई स्वतन्त्र रुपमा छाडिदिनुपर्छ,’ उनले भने, ‘तर, मुरारका र राणा मिलेर अनावश्यक प्रलोभवमा पारी मताधिकार हनन् गर्न खोजियो ।’ नेतृत्वले जिल्ला नगरका साथीहरुलाई विभिन्न प्रलोभव तथा दवाव समेत दिन थालेको उनको आरोप थियो ।

यसैगरी पछिल्लो अध्यक्ष मुरारकाले सहमतिको नाममा नाटक मंचन गरेका समेत उनको आरोप थियो । ‘हिजोको दिनसम्म अरु प्यानलको उम्मेदवारी घोषणा गर्दै मतदातालाई विभिन्न प्रलोभव देखाउने अनि अहिले आएर प्रचारबाजी गर्न सहमतिको नाटक गर्ने,’ उनले भने, ‘वाहिर जोगिनका लागि उनले विभिन्न वाहानाबाजी गरेका हुन् ।’ यदि सहमति गर्नुनै थियो भने बुटवलको घोषणा वा हिजोको कार्यक्रमभन्दा अघि गर्नुपर्ने समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL