Logo

वैदेशिक रोजगार म्यादी जीवन बीमालेख निर्देशन जारी, के के पाइन्छन् सुविधा ?

वैदेशिक रोजगार म्यादी जीवन बीमालेख निर्देशन जारी, के के पाइन्छन् सुविधा ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख निर्देशिका जारी गरेको छ । वैदेशिक रोजगारमा जाने नेपालीहरुको बीमालाई व्यवस्थित गर्न र बिमितको हक हित व्यवस्थित गर्न भन्दै प्राधिकरणले उक्त निर्देशन जारी गरेको हो । उक्त निर्देशन बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको हो ।

laxmi

उक्त निर्देशन जारी भएसँगै अब वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि भन्दै १४ लाख रुपैयाँ बराबरको बीमा हुने भएको हो । अर्थात यो बीमालेख खरिद गरी बिमितको केहीगरी स्वदेशमै मृत्यु भएमा निजको आश्रित परिवारलाई १० लाख रुपैयाँ बीमांक रकम, १ लाख रुपैयाँ किरिया खर्च र २ लाख रुपैयाँ आयको नोक्सानीवापत उपलब्ध हुनेछ । त्यस्तै बिमितको विदेशमा मृत्यु भएको खण्डमा भने आश्रित परिवातलाई थप १ लाख शव स्वदेश ल्याउने खर्चवापत दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै यो बीमालेखमा स्थायी पूर्ण अशक्तता, आंशिक पूर्ण अशक्तता, र घातक रोग उपचारका लागि पनि बीमा दावी भुक्तानी गर्न सकिने व्यवस्था निर्देशनले गरेको छ । निर्देशन अनुसार बिमितले स्थायी पूर्ण अशक्ततामा १० लाख रुपैयाँ, आंशिक पूर्ण अशक्ततामा थप ३ लाख र घातक रोग दावी भुक्तानीमार्फत ५ लाख रुपैयाँ दावी भुक्तानी पाईने उल्लेख छ ।

यस्तै उक्त बीमालेखमा औषधोपचार बीमा दावी भुक्तानी पनि गर्न सकिने सुविधा रहेको प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ । निर्देशन अनुसार यसको बीमाशुल्क भने उमेर र अवधिअनुसार फरक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL