Logo

मंगलबार राति के कारणले एकाएक विश्वभर फेसबुक डाउन भयो ? मेटाले माफी माग्दै दियो यस्तो स्पष्टीकरण

मंगलबार राति के कारणले एकाएक विश्वभर फेसबुक डाउन भयो ? मेटाले माफी माग्दै दियो यस्तो स्पष्टीकरण



काठमाडौं । मंगलबार राती एकाएक विश्वभर मेटाका फेसबुक, इन्स्टाग्राम, थ्रेड्सलगायत उत्पादनहरु डाउन भए । यसैका कारण करोडौं प्रयोगकर्ताले आफ्ना खातामा पहुँच पाउन सकेनन् । यस्तो हुनुको पछाडीको कारणबारै बुधबार मात्रै स्पष्टिकरण दिएको छ । फेसबुकले प्राविधिक समस्याका कारण यस्तो समस्या निम्तिएको थियो । खास के प्राविधिक कारण थियो विश्वभर फेसबुक डाउन हुनुमा ?

laxmi

मंगलबार एकाएक प्रयोगकर्ताहरुका खाताहरु रहस्यमय रूपमा लग आउट भएका थिए । पुनः लगईन गर्न खोज्दा यस्तो सम्भव पनि थिएन । अर्थात लगईन नहुने समस्या पनि उत्तिकै थियो । जसका कारण प्रयागकर्ताले करिव १ घण्टा समस्या व्यहोर्नुपर्याे ।

ट्र्याकिङ वेबसाइट डाउन डिटेक्टरका अनुसार, मंगलबार साँझ फेसबुक डाउन भईसकेपछि लाखौं प्रयोगकर्ताले यसको रिपोर्ट गरेका थिए ।

यता मेटाका प्रवक्ता एन्डी स्टोनले भने मेटामा आएको प्राविधि समस्या मंगलबार नै समाधान भईसकेको दावी गरे । उनले कम्पनीले यस बिषयमा माफी मागेको पनि बताए ।

‘मंगलबार यसमा देखिएको प्राविधिक समस्याले मानिसहरूलाई हाम्रा केही सेवाहरूमा पहुँच गर्न कठिनाइ भएको थियो,’ उनले भने, ‘हामीले प्रभावित सबैको लागि सकेसम्म चाँडो समस्या समाधान गर्यौं, र हामी कुनै पनि असुविधाको लागि क्षमा चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL