Logo

एसियाकै धनीका छोराको विवाह, जहाँ ६०० अर्ब डलरभन्दा बढी नेटवर्थका मालिक हुँदैछन् सहभागी

एसियाकै धनीका छोराको विवाह, जहाँ ६०० अर्ब डलरभन्दा बढी नेटवर्थका मालिक हुँदैछन् सहभागी



काठमाडौं । भारत र एसियाका सबैभन्दा धनी व्यक्ति का मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले जुलाईमा मुम्बईमा राधिका मर्चेन्टसँग विवाह गर्ने भएका छन् । तर, त्यसअघि मार्च १ देखि ३ मार्चसम्म जामनगरमा प्रि–वेडिङ कार्यक्रम हुने भएको छ । जसमा भारत तथा विदेशका व्यापार, मनोरञ्जन र खेल जगतका धेरै व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । कुनै कार्यक्रममा यति ठूलो संख्यामा विश्वका चर्चित व्यक्तित्वहरु सहभागी हुन लागेको सायद यो पहिलो पटक हो । यसमा बिल गेट्स, मार्क जुकरबर्ग र कार्लोस स्लिम जस्ता विश्वका शीर्ष धनी व्यक्तिहरू पनि छन् । साथै, धेरै शीर्ष कम्पनीका सीईओहरू पनि यसमा सहभागी हुनेछन् । यी शीर्ष धनी व्यक्तिहरूको बारेमा कुरा गर्दा उनीहरूको कुल सम्पत्ति ६०० बिलियन डलर भन्दा बढी छ ।

laxmi

समारोहमा मार्क जुकरबर्ग, बिल गेट्स र कार्लोस स्लिमलाई पनि आमन्त्रित गरिएको छ । उनीहरु विश्वका शीर्ष धनी व्यक्तिहरूमा पर्छन् । फेसबुकका संस्थापक जुकरबर्गको कुल सम्पत्ति १७४ बिलियन डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा छन् । त्यस्तै, विश्वको सबैभन्दा मूल्यवान कम्पनी माइक्रोसफ्टका संस्थापक गेट्स १४९ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा पाँचौं स्थानमा छन् । त्यस्तै, मेक्सिकोका कार्लोस स्लिमको नेटवर्थ १०४ अर्ब डलर छ । दक्षिण कोरियाका धनी व्यक्ति तथा सामसुङका अध्यक्ष जे ली पनि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।

भारतीय अर्बपति

अम्बानी परिवारले भारतका धेरै व्यवसायीलाई आफ्नो परिवारसहित यी उत्सवमा सहभागी हुन आमन्त्रित गरेको छ । जसमा गौतम अडानी, कुमार मंगलम बिर्ला, गोदरेज परिवार, नन्दल निलेकणी, सञ्जीव गोयन्का, ऋषद प्रेमजी, उदय कोटक, अदार पूनावाला, सुनील मित्तल, पवन मुंजाल, रोशनी नाडर, नितिन कामत, रोनी स्क्रूवाला र दिलीप सांघवी पर्छन् । गौतम अडानी भारत र एसियाका दोस्रो धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १०३ बिलियन डलर छ । दिलीप सांघवीको नेटवर्थ २५.८ बिलियन डलर, कुमार मंगलम बिर्लाको कुल सम्पत्ति १८.१ बिलियन डलर, सुनिल मित्तलको कुल सम्पत्ति १७.५ बिलियन डलर र उदय कोटकको कुल सम्पत्ति १३.७ बिलियन डलर छ ।

विश्वकै प्रभावशाली सिइओहरु

अनन्त अम्बानीको प्रि–वेडिङमा धेरै ठूला कम्पनीका सीईओलाई पनि निम्तो दिइएको छ । यसमा विश्वको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरकका सीईओ ल्यारी फिङ्क, ब्ल्याकस्टोनका अध्यक्ष स्टीफन स्वार्जम्यान, डिज्नीका सीईओ बब इग्नर, एडोबका सीईओ शान्तनु नारायण, जनरल एट्लान्टिकका अध्यक्ष र सीईओ बिल फोर्ड, गुगलका अध्यक्ष डोनाल्ड ह्यारिसन र विश्वका सबैभन्दा ठूलो ठूला बैंकिंग कम्पनीहरू मध्ये एक मोर्गन स्टेनलीका सीईओ टेड पिक पनि छन् । यी मध्ये धेरै कम्पनीहरूसँग रिलायन्सको व्यापारिक सम्बन्ध छ ।

खेलकुद व्यक्तित्वहरू

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोह जामनगरको रिलायन्स ग्रीन कम्प्लेक्समा हुने भएको छ । यसका लागि खेल जगतका धेरै व्यक्तित्वलाई निमन्त्रणा पनि पठाइएको छ । जसमा मास्टर ब्लास्टर सचिन तेन्दुलकर, टीम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी, रोहित शर्मा, केएल राहुल, हार्दिक र कृणाल पाण्डेय र इशान किशन रहेका छन्। मिडिया रिपोर्टका अनुसार सचिनको नेटवर्थ करिब १२५० करोड, धोनीको नेटवर्थ १०४० करोड र रोहित शर्माको कुल सम्पत्ति करिब २१६ करोड रुपैयाँ छ।

मनोरञ्जन क्षेत्रमा सेलिब्रेटीहरू

यस समारोहमा मनोरञ्जन जगतका धेरै सेलिब्रेटीहरूलाई पनि आमन्त्रित गरिएको छ । जसमा अमिताभ बच्चन, रजनीकान्त, शाहरुख खान, आमिर खान, सलमान खान, अक्षय कुमार, अजय देवगन, सैफ अली खान, रणवीर सिंह, रणवीर कपूर, माधुरी दीक्षित, आदित्य चोपडा, बोनी कपूर, अनिल कपूरलगायतका कलाकार छन् । मिडिया रिपोर्टका अनुसार शाहरुखको कुल सम्पत्ति करिब ६३०० करोड, अमिताभको कुल सम्पत्ति ३,१९० करोड, सलमान खानको २,९१२ करोड र आमिर खानको कुल सम्पत्ति करिब १८६२ करोड रुपैयाँ छ । साथै यस कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय गायिका रिहानालाई पनि आमन्त्रित गरिएको छ । मिडिया रिपोर्टका अनुसार उनको कुल सम्पत्ति करिब १४० करोड डलर रहेको छ । अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL