Logo

गत बर्षको तुलनामा कर्जा लगानी बढेको छ, मूल्य वृद्धि लक्ष्यभन्दा माथि नै छ : गभर्नर अधिकारी

गत बर्षको तुलनामा कर्जा लगानी बढेको छ, मूल्य वृद्धि लक्ष्यभन्दा माथि नै छ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गत वर्ष आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कर्जा लगानीमा सुधार भएको बताएका छन । उनले बुधबार अर्थसमितिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा विवरण पेश गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी भएको जानकारी दिएका हुन्। उक्त प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म ६० अर्ब रुपैयाँमात्र कर्जा लगानी भएको थियो ।

laxmi

यसैगरी, गर्भनर अधिकारीले मूल्य वृद्धि अझै पनि उच्च बिन्दुमा रहेको जानकारी दिएका छन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले मूल्य वृद्धिको लक्ष्य ६.५ प्रतिशत कायम गर्ने बताएपनि असोज मसान्तसम्म यस्तो मूल्य वृद्धि ७.५ प्रतिशत पुगेको उनको भनाई छ । मूल्यवृद्धि राष्ट्र बैंकको लक्ष्यभन्दा १ प्रतिशत बढि रहेको छ । गभर्नरले बैंकको आधार दर पनि एकल अंकमा झरेको बताए ।

अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरुको औसत आधारदर १०.३४ प्रतिशत रहेकोमा २०८० असोजमा एक अंक अर्थात ९.९४ प्रतिशत झरेको उनले जानकारी दिए । २०७९ माघमा वाणिज्य बैंकहरुको भारित औसत कर्जाको ब्याजदर १३.०३ प्रतिशत पुगेकोमा २०८० असोजमा १२.१ प्रतिशतमा झरेको राष्ट्र बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL