Logo

पुरानै मूल्यमा फर्कियो पेट्रोलियम पदार्थको मूल्य, सरकारले फिर्ता लियो बढेको मूल्य

पुरानै मूल्यमा फर्कियो पेट्रोलियम पदार्थको मूल्य, सरकारले फिर्ता लियो बढेको मूल्य



काठमाडौं । शनिबार रातीदेखि बढाईएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ । आईतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले तत्कालका लागि पुरानै मूल्य कायम गर्न नेपाल आयल निमगालई निर्देशन दिएको हो ।

laxmi

शनिबार नेपाल आयल निमगले स्वचालित मूल्य प्रणाली भन्दै पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल ६ रुपैयाँ र खाना पकाउने ग्याँसको प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाएको थियो । यस्तै निगमले हवाइ इन्धनको मूल्य आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँले बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL