Logo

दिपक मल्होत्राले भने : वास्तविक सुन तस्कर जोगाउन १ क्विन्टलमा मेरो नाम मुछियो

दिपक मल्होत्राले भने : वास्तविक सुन तस्कर जोगाउन १ क्विन्टलमा मेरो नाम मुछियो



काठमाडौं । व्यवसायी दिपक मल्होत्राले १ क्विन्टल सुन तस्करीमा आफ्नो नाम मुछिनु गलत भएको बताएका छन् । बिहीबार एक पत्रकार सम्मेलन गर्दै उनले एक संचारमाध्यमले कपोकल्पित ढंगमा आफ्नो नाम उक्त काण्डमा मुछेको बताएका हुन् ।

laxmi

पत्रकार सम्मेलनमा बोल्दै उनले आफुसम्बद्ध कुनै पनि व्यवसाय गैरकानुनी नभएको बताउँदै सुन तस्करीलाई जोगाउन आफ्नो नाम मुछिएका बताएका हुन् । उनले केहि नराम्रो प्रवृत्ति भएका मानिसहरुले सुन तस्करहरुलाई छायाँमा पार्न आफ्नो नाम मुछेको आरोप लगाएका छन् ।

राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार पास गरी बाहिरिँदै गरेको अवस्थामा करिव १ क्विन्टल सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL