Logo

एफपीओ र वार्गेन पर्चेज गेन कर विरुद्ध मुद्दामा जाने बैंकर्स संघको तयारी

एफपीओ र वार्गेन पर्चेज गेन कर विरुद्ध मुद्दामा जाने बैंकर्स संघको तयारी



काठमाडौं । नेपाल बैंकर संघले आर्थिक विधेयकको बुँदा नम्बर २६ र २७ विरुद्ध बैंकर्स संघ संयुक्त मुद्दामा जाने तयारी गरेको छ । सरकारको यो निर्णयविरुद्ध बैंकर्स संघको अगुवाइमा संयुक्त मुद्दामा जाने निर्णय भएको बैंकर संघ स्राेतले जानकारी दिएकाे छ ।

laxmi

सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकको बुँदा नम्बर २६ को ‘फर्दर पब्लिक अफरिङ (एफपीओ)’ जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था र आर्थिक विधेयककै २७ नम्बर बुँदामा रहेको ‘मर्जर वा एक्विजिसन’ को लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था ल्याएको थियो ।

बैंक तथा वित्तीय संस्थाले एफपिओ र मर्जरमा कर लगाउने सरकारको पछिल्लो निर्णयको विरोध गर्दै आएका थिए। संविधानविपरीत गएर सरकारले भूतप्रभावी कर लगाएको भन्दै वित्तीय क्षेत्रमा आबद्ध संस्थाहरू सरकारको विरोधमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL