Logo

भारतलाई फक्सकनको झट्का, २५ खर्बको लगानी योजना रद्द गरेको घोषणा

भारतलाई फक्सकनको झट्का, २५ खर्बको लगानी योजना रद्द गरेको घोषणा



काठमाडौं । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक प्रोडक्ट एसेम्बली कम्पनी फक्सकनले सेप्टेम्बर २०२२ मा भारतमा १९.५ बिलियन डलर (करीब २५ खर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको थियो ।

laxmi

ताइवानी कम्पनीले भारतीय वेदान्त समूहसँग मिलेर सेमीकंडक्टर और डिस्प्ले प्रोडक्शन प्लान्ट निर्माण गर्न गुजरातलाई छनोट गरेको थियो । तर अहिले यो योजना रद्द भएको छ ।

आफ्नो विज्ञप्तिमा, कारण उल्लेख नगरी, ताइवानी कम्पनीले भनेको छ, ‘फक्सकनले निर्णय गरेको छ कि यो वेदान्तसँगको संयुक्त उद्यममा अगाडि बढ्ने छैन ।’

सेमिकन्डक्टर निर्माणको आइडियालाई कार्यान्वयन गर्न वेदान्त समूहसँग एक वर्षभन्दा बढी समयदेखि काम भएको भए पनि अब फक्सकन यस परियोजनाबाट पूर्ण रूपमा बाहिर निस्किरहेको कम्पनीले जनाएको छ । वेदान्त समूह र भारतको आईटी मन्त्रालयले यस निर्णयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यो निर्णय भारतका लागि ठूलो झट्का हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई चिपमेकिङको हब बनाउन खोजेका थिए । फक्सकन आईफोनसहित अन्य एप्पल उत्पादनहरुको एसेम्बल्डको लागि परिचित छ ।

पछिल्ला वर्षहरूमा कम्पनीले अन्य क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गर्ने प्रयास गरिरहेको छ । ताइवान र चीन बीचको विवादको बीचमा फक्सकन सुरक्षित र आर्थिक रूपमा बढ्दै गएको देशमा लगानी गर्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL