Logo

ड्राइभिङ लाइसेन्स अब १० बर्षमा नवीकरण हुने, तयारी गर्दै भौतिक मन्त्रालय

ड्राइभिङ लाइसेन्स अब १० बर्षमा नवीकरण हुने, तयारी गर्दै भौतिक मन्त्रालय



काठमाडौं । सरकारले ड्राइभिङ लाइसेन्स अब प्रत्येक १० १० बर्षमा नवीकरण गर्न सकिने व्यवस्था गर्न लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रत्येक ५ बर्षमा नवीकरण गर्नुपर्ने उक्त लाइसेन्सको अवधि अब १० बर्षको बनाउन लागेको हो ।

laxmi

यातायात मन्त्री प्रकाश ज्वालाले मंगलबार पत्रकारसँगको भेटघाटमा प्रत्येक ५ बर्षमा लाइसेन्स नवीकरण गर्दा खर्च बढी लाग्ने भएकाले अब नयाँ लाइसेन्सहरु १० बर्षको अवधि राखेर वितरण गर्नेगरी व्यवस्था गर्न लागेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL