Logo

बैशाखदेखि बैंक ब्याजदर ९.९ प्रतिशतमा झार्न सिविफिनको माग, सरोकारवालाहरुको सकारात्मक प्रतिवद्धता

बैशाखदेखि बैंक ब्याजदर ९.९ प्रतिशतमा झार्न सिविफिनको माग, सरोकारवालाहरुको सकारात्मक प्रतिवद्धता



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले बैशाखदेखि बैंक ब्याजदर घटाउन सरोकारवालाहरुसँग आग्रह गरेको छ । मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सिविफिनका वरिष्ठ अध्यक्ष भोजबहादुर थापाले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसमक्ष उक्त माग राखेका बताएका हुन् ।

laxmi

कार्यक्रममा बोल्दै उनले बैशाखदेखि नै हाल रहेको बैंक ब्याजदर ११ प्रतिशतलाई घटाएर ९.९ प्रतिशतमा झर्ने बताए । उक्त आग्रहसँगै सरोकारवालाहरुले पनि बैशाखदेखि नै बैंकको ब्याजदर एकल अंकमा झारेर व्यवस्थापन गर्ने प्रतिबद्धता गरेकोसमेत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

पत्रकार सम्मेलनमा सिविफिनका अध्यक्ष पवन गोल्यानले बैशाखदेखि निक्षेपकोसमे ब्याजदर घटाउन माग गरिएको बताए । यस्तै उनले जेठपछि पुनः बैंक ब्याजदर घटाएर ८ प्रतिशतसम्म पुर्याउनसमेत माग गरेको जानकराी दिएकाछ ।

उनका अनुसार बैशाखदेखि संस्थागतको ब्याजदर ६ प्रतिशत हुने छ । यससँगै निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घटेर ऋणीलाई राहत हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL