Logo

यसै हप्तादेखि फेसबुक र इन्स्टाग्रामले पनि ब्लु टिकको लागि पैसा लिने, नेपालमा कहिले शुरु होला ?

यसै हप्तादेखि फेसबुक र इन्स्टाग्रामले पनि ब्लु टिकको लागि पैसा लिने, नेपालमा कहिले शुरु होला ?



काठमाडौं । ट्विटरपछि अब फेसबुक र इन्स्टाग्रामले पनि ब्लू टिक प्रमाणीकरणका लागि पैसा लिने भएको छ । मेटाले प्रयोगकर्ता प्रोफाइलहरूमा ब्लू ब्याज (ब्लू टिक) प्रस्ताव गर्न प्रिमियम प्रमाणीकरण सेवा सुरु गर्ने घोषणा गरेको छ । मेटा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप तीनवटैको मूल कम्पनी हो ।

वेबमा निलो ब्याजको लागि सदस्यताहरू प्रति महिना ११.९९ डलरमा सुरु हुनेछ । साथै, आइओएस प्लेटफर्महरूमा यो सदस्याता प्रति महिना ११.९९ डलरबाट सुरु हुनेछ । यस हप्ता पहिलोपटक, यो सेवा अष्ट्रेलिया र न्यूजिल्याण्डमा उपलब्ध हुनेछ ।

अतिरिक्त सुरक्षा प्राप्त हुनेछ

सदस्यहरूले सरकारी आईडीको साथ आफ्नो प्रोफाइल प्रमाणित गर्न सक्षम हुनेछन् । प्रोफाइल प्रमाणीकरणको साथसाथै, फेसबुक र इन्स्टाग्रामको सदस्यता बन्डलले धोखाधडी विरुद्ध थप सुरक्षा पनि प्रदान गर्नेछ ।

ट्विटरले पनि पैसा लिइरहेको छ

यसअघि ट्विटरले ब्लू टिकको सदस्यता लिएको थियो । ट्विटर प्रयोगकर्ताले ‘ब्लु टिक’ प्राप्त गर्न मोबाइल फोनको मासिक योजनाअन्तर्गत हरेक महिना करीब १५०० रुपैयाँ तिर्नुपर्छ । ट्विटरले वेबका लागि ट्विटर ब्लू टिक करीब १००० रुपैयाँ र मोबाइल एप प्रयोगकर्ताका लागि १५०० रुपैयाँ तोकेको छ । ट्वीटरले भनेको छ कि एकपटक स्वीकृत भएपछि, प्रमाणित फोन नम्बरहरू भएका ब्लू टिक ग्राहकहरूलाई ब्लू टिकहरू उपलब्ध गराइनेछ । ट्विटरले वेब प्रयोगकर्ताहरूका लागि वार्षिक योजना ल्याएको छ । यसमा उपभोक्ताले करीब १० हजाररुपैयाँ तिर्नुपर्छ ।

फेसबुकले यस्तो प्रमाणितता प्रोफाइलको लागि मात्र गर्ने तर, पृष्ठको नगर्ने बताइएको छ । पछिल्ला केही दिनदेखि नयाँ सदस्यता सेवाको चर्चा थियो । यद्यपि मेटाले सेवाको बारेमा थप विवरणहरू जारी गरेको छैन । टेक ड्रोइडरका अनुसार, मेटा भेरिफाइड केवल प्रोफाइल प्रमाणीकरणको लागि उपलब्ध हुनेछ न कि पृष्ठहरुका लागि ।

मेटाले नेपालमा यस्तो सेवा कहिलेदेखि औपचारिक रुपमा शुरु गर्नेछ भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL