Logo

सिटिजन्स बैंकको सीइओमा पोखरेलको निरन्तरता, थप ४ बर्ष बैंकको नेतृत्व गर्ने

सिटिजन्स बैंकको सीइओमा पोखरेलको निरन्तरता, थप ४ बर्ष बैंकको नेतृत्व गर्ने



सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुअ कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारीमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको माघ १८ गते बसेको ४११औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई नै आगामी ४ बर्षको कार्यकालका लागि पुनः सीइओ नियुक्त गर्ने निर्णय गरेको छ ।

पोखरेलले २०६५ साल अर्थात स्थापना काल देखिनै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हाले पछि दाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएको बैंकले जानकारी दिएको छ । उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको छ ।

उनको ४ बर्षे कार्यकालमा बैंकको निक्षेप औषतमा वार्षिक २६.०४% बृद्धि गरि हाल १६१.४५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२% बृद्धि भई हाल १४२.५४ अर्ब र चुक्ता पूँजी रु. १४.२० अर्ब पुगेकोे छ ।

त्यसै गरि खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१% बृद्धि भई आ.व. २०७८/७९ मा २ अर्ब रुपैयाँ पुगेको छ । सोहि अबधिमा बैंकको पँुजि कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ मिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरि बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेका छन् ।

पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर , कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL