Logo

Global_Ime

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका सिइओ सुनिल केसी, उपाध्यक्षमा माछापुच्छ्रेका सन्तोष कोईराला

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका सिइओ सुनिल केसी, उपाध्यक्षमा माछापुच्छ्रेका सन्तोष कोईराला



काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी नियुक्त भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गरेको हो ।

Laxmi_sunrise

कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्यय अध्यक्ष रहँदा उनी संघमा उपाध्यक्ष रहेका थिए । संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले कृषि विकास बैंकबाट उपाध्यय बाहिरिएसँगै पुस ७ गतेदेखि संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सोही सभाले एनबीएको उपाध्यक्षमा सन्तोष कोइरालालाई सर्वम्मत रुपमा चयन गरेको छ। उनी माछापुच्छ्रे बैंकका सीईओ हुन्। त्यसैरी सभाले एनबीएको सदस्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्भन घोष दस्तीदार चयन भएका छन्। 

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL