Logo

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, खाना पकाउने ग्याँसको भने घट्यो

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, खाना पकाउने ग्याँसको भने घट्यो



काठमाडौं । इन्डियन आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि नेपाल आयल निगमलाई पठाएको छ । हरेक महिनाको १ र १६ तारिखमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने इन्डियन आयल निगमले यसपल्ट निगमलाई बढेको मूल्यसूची पठाएको हो ।

बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्याँसबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । जसमध्ये पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ रडिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँले बढेर आएको छ । त्यस्तै हवाई इन्धन ८ रुपैयाँले बढेर आउँदा खाना पकाउने ग्याँस प्रतिसिलिन्डर १ सय २० रुपैयाँ घटेर आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL